२६ बैशाख २०८१, बुधबार
सञ्चालनमा आयो कृषि ज्ञान केन्द्र
  • काँचुली खबर

कृषि ज्ञान केन्द्र, भेटरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र संचालनमा आएको छ । विहीबार नेपालगञ्जमा एक कार्यक्रमका बिच केन्द्रको उद्घाटन गरिएको हो ।
साविकको कृषि विकास कार्यलयलाई प्रतिस्थापन गरी कृषि ज्ञान केन्द्र र जिल्ला पशु सेवा कार्यलयलाई पतिस्थापन गरि भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र स्थापना गरिएको हो ।
प्रदेश नं. ५ मा बाँकेबाट निर्वाचित सांसद कृष्णा केसी नमुना, बाबुराम गौतम र सुरेन्द्र हमालले संयुक्त रुपमा केन्द्रको उद्घाटन गरेका हुन ।
प्रदेश सरकार मातहत रहने केन्द्रबाट कृषि तथा पशुपालनको लागि आवश्यक प्राविधिक ज्ञान, तालिम र सुचना प्रसार लगायतका सेवा प्रवाह गरिने सो ज्ञान केन्द्रका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत सागर ढकालले जानकारी दिए ।
बाँके र बर्दियालाई कार्यक्षेत्र बनाएर बाँकेको नेपालगञ्जमा कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सञ्चालन गरिएको हो ।
वरिष्ठ कृषि विकास अधिकृत ढकाललाई कृषि ज्ञान केन्द्रको कार्यालय प्रमुखको जिम्मा दिइएको छ । त्यसैगरी डा. हरीबहादुर कुंवरलाई भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको कार्यालय प्रमुखको जिम्मेवारी दिइएको छ ।
केन्द्रको उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश ५ का प्रदेशसभा सदस्य नमुनाले अध्ययन, अनुसन्धान र उपचारकालागि केन्द्र प्रभावकारी बन्ने आशा व्यक्त गरीन । सो कृषि ज्ञान केन्द्रमा १६ जना, र भेटेरिनरि अस्पतालमा १४ जना कर्मचारीको दरबन्दी कायम गरिएको छ ।

  • २८ भाद्र २०७५, बिहीबार १९:१७ प्रकाशित
  • Nabintech