२३ बैशाख २०८१, आईतवार
कालो सारी लगाएर तीज मनाए महिलाहरुले
  • काँचुली खबर

देशभरि हिन्दु महिलाहरूले बिभिन्न कार्यक्रम गरी बुधबार हरितालिका तीज पर्व मनाएका छन । तीजमा वर्त बसेका महिलाहरू मन्दिर गएर पूजाआजा गर्छन् अनि रातो सारीमा नाचगान पनि हुन्छ। रातो सारी तीजको परिचयजस्तै भएको छ । तर कञ्चनपुरको भीमदत्तनगरपालिका केही महिलाले भने रातोको साटो कालो सारी लगाएर तीज मनाएका छन्।

डेढ महिनाअघि बलात्कार गरी हत्या गरिएकी बालिका निर्मला पन्तको न्यायको निम्ति उनीहरूले कालो सारीमा तीज मनाएका हुन्। उनीहरूले निर्मलाका हत्यारालाई तुरून्त पक्राउ गर्न माग गरेका छन्।

साउन ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा निर्मलाको शव फेला परेको थियो। सो घटनामा को संलग्न थियो भन्ने कुरा अझै रहस्यमय छ। प्रहरीले मुख्यअभियुक्त भनेर पक्राउ गरेका दीलिपसिंह बिष्ट डिएनए नमिलेपछि मंगलबार रिहा भएका छन्।

कालो सारीमा तीज मनाएका महिलाले बलात्कारीलाई फाँसी दिने व्यवस्था गर्न संविधान संशोधन गर्न पनि माग गरेका छन्।

  • २७ भाद्र २०७५, बुधबार २०:२५ प्रकाशित
  • Nabintech