१५ बैशाख २०८१, शनिबार
सिद्धपाइलामा अभिमुखिकरण तथा तिज विशेष कार्यक्रम सम्पन्न
  • काँचुली खबर

६ नं. प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा अवस्थित सिद्धपाइला क्याम्पसको आयोजनामा नयाँ आगन्तुक बिद्यार्थीहरुलाई अभिमुखिकरण तथा तिज विशेष कार्यक्रम सप्पन्न भएको छ । क्याम्पसका अध्ययनरत विविएस चौथो बर्षका बिद्यार्थीहरुलाई समेत सोहि कार्यक्रममा बिधाइ समेत गरिएको छ ।
कार्यक्रमका प्रमुख अथिती क्याम्पस सन्चालक समितिका अध्यक्ष तथा वीरेन्द्रनगर नगरपालिका प्रमुख देब कुमार सुबेदिले सिद्धपाइला क्याम्पसले कर्णाली प्रदेशमा रहि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताउँदै कर्णाली प्रदेश तथा समग्र नेपाललाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण भूमिका खेलेको बताए ।

क्याम्पस प्रमुख उपेन्द्र सुवेदीले गुणस्तरीय शिक्षा प्रादान गर्न क्याम्पसको आफ्नै सुविधासम्पन्न भवनको आवश्यकता खट्कीएकाले मंगलगढी चौक नजिकै क्याम्पसले भौतिक संरचना निर्माणका लागि अन्तिम तयारी गरिरहेको बताए । लिफ्टसहितको भवनकालागि नक्सा निर्माणको काम अन्तिम चरणमा पुगेको क्याम्पस प्रमुख सुवेदीले जानकारी दिए ।
सुवेदीले पछिल्लो समय विद्यार्थीहरु बैंकिङ कोर्षतर्फ आकर्षित हुने क्रम बढ्दै गएकाले सुर्खेतस्थित विभिन्न बैंकहरुसँग समन्वय गरेर क्याम्पसले विद्यार्थीहरुलाई ओजेटीको व्यवस्था गर्दै आएको बताए । उनले निकट भविष्यमै आईसिटी जोड्ने तयारीमा रहेको समेत खुलासा गरे ।
कार्यक्रममा बोल्दै क्याम्पस सन्चालन समिति सदस्य उपेन्द्र खड्काले क्याम्पसले स्थापनाकालदेखि बिद्यार्थीहरुको इच्छा, चाहानालाई मध्यनजर गरि गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बताए ।

  • २६ भाद्र २०७५, मंगलवार २०:३५ प्रकाशित
  • Nabintech