५ जेष्ठ २०८१, शनिबार
नगर प्रमुख राणाको तलव मानवीय सेवामा
  • काँचुली खबर

नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख डा। धवल शम्शेर राणाले आफ्नो तलव मानवीय सेवामा लगाएका छन । जनप्रतिनिधिको रुपमा आफ्नो कार्यकाल भरी पाइने तलव/भत्ता नलीने घोषणा गरेका नगर प्रमुख डा। राणाले पहिलो महिनाको तलव र भत्ता मंगलबार एक समारोहबीच व्रम्हाकुमारी इश्वरीय विश्व विद्यालय राज योग केन्द्रलाई प्रदान गरेका हुन । सरकारले उपमहानगरपालिका नगरप्रमुखलाई मासिक ४५ हजार पारिश्रमिक दिने गरेको छ । कर कट्टा गरि ४० हजार र १० हजार बराबर भत्ता गरि हुन आउने ५० हजार बराबरको चेक नगर प्रमुख राणाले केन्द्र प्रमुख व्रम्हाकुमारी दुर्गादेवीलाई प्रदान गरे ।

मेयरका रुपमा प्रतिष्पर्धा गरिरहदा नै राणाले तलव, भत्ता नलीने उद्घोष गरे । पुर्व घोषित प्रतिवद्धता अनुसार नगर प्रमुख राणाले सबै महिनाको तलव नियमित रुपमा मानीवय सेवाका लागि समर्पण गरिने बताए । राणाले थप तलव÷भत्ता शिक्षा र स्वास्थ्य जस्ता आधारभुत आवश्यक्ता परिपुर्तीमा सहयोग गरिने बताए । यस अघि नगरपालिकाको मेयर हुँदा पनि राणाले तलव नलिई स्वास्थ्य र सरसफाईमा सहयोग गरेका थिए । सहयोग प्राप्तीपछि व्रम्हाकुमारी दुर्गादेवीले सहयोग रकम मानवीय सेवा र उत्थानमै सदुपयोग हुने विश्वास दिलाईन ।

  • २६ भाद्र २०७५, मंगलवार १९:२८ प्रकाशित
  • Nabintech