५ जेष्ठ २०८१, शनिबार
प्रकाण्डलाई प्रहरीले दाङ झिकायो
  • काँचुली खबर

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई प्रहरीले आइतबार दाङ ल्याएको छ ।संगठित अपराधको आरोपमा साउन २२ गते काठमाडौको दक्षिणकालीबाट पक्राउ परेका पूर्वमन्त्री प्रकाण्डलाई मुलुकको विभिन्न प्रहरी कार्यालय र जिल्ला अदालतमा डुलाउने क्रम जारी छ । पक्राउ लगत्रै प्रकाण्डलाई शुरुमा काभ्रेको जिल्ला प्रहरी कार्यालयमा राखिएको थियो । त्यसपछि नुवाकोट, विराटनगर हुँदै भोजपुर लगिएको थियो । भोजपुरबाट मकवानपुर झारियो । त्यसपछि दाङ ल्याइएको हो ।

विप्लप समूहले मुलुकको विभिन्न ठाउँमा गराउँदै आएको बिस्फोट र आक्रमणमा प्रकाण्डको संलग्नता भएको आरोप लागेको छ । अदालतले छोड्न आदेश दिए पनि त्यही आरोपकै कारण प्रकाण्डलाई प्रहरीले नियन्त्रणमा लिइरहेको छ । प्रकाण्डलाई अदालतले ४ पटक छोड्न आदेश दिइसकेको छ । सर्वोच्चले ३ र भोजपुर जिल्ला अदालतले एक पटक छोड्न आदेश दिएको हो ।  माओवादी केन्द्रबाट छुट्टिए लगत्तै विप्लव समूहले मुलुकमा फेरि सशस्त्र युद्ध गर्ने चेतावनी दिँदै आएको छ । समूहले अहिलेसम्म गराएको मध्ये अधिकाँश बिस्फोटमा प्रकाण्ड विरुद्ध मुद्धा दर्ता भएको छ ।

  • २४ भाद्र २०७५, आईतवार १४:१४ प्रकाशित
  • Nabintech