५ जेष्ठ २०८१, शनिबार
महिला हिंसाबारे गितबाटै वेदना पोखे कोहलपुरका महिलाहरुले
  • काँचुली खबर

कोहलपुरका महिलाहरुले गीतमार्फत मुलुकमा बढ्दै गएको महिला हिँसा र बलात्कारका घटनाका पीडितहरूका बेदना पाखेका छन् । सहकारी सञ्जाल कोहलपुरले आयोजना गरेको बृहत तीज गीत प्रतियोगितामा भाग लिएका सहकारी तथा महिला समूहहरूले गीतमार्फत राज्यलाई महिला हिसा न्यूनिकरण तथा जबरजस्ती करणी गर्ने दोषीहरूलाई हदैसम्मको कारवाही हुने कानुन आवश्यक रहेको बताएका हुन् ।
प्रतियोगितामा सहभागी कलाकारहरूका गीतका भाका र शब्दले कञ्चनपुर घटनादेखि कोहलपुरमा आफ्नै बाजेद्वारा बलात्कृत १३ बर्षिया किशोरीसम्मको बेदन र पीडा पोखेका
थिए । प्रतियोगितामा मितेरी समूह प्रथम, नमूना द्वितीय र कोहलपुर बागेश्वरी तृतीय भएको छ ।
सहभागी प्रतियोगीता कलाकारहरूले बेदना र पीडा मात्र बिसाएनन् उनीहरूले गीत मार्फत सहकारीको महत्व र परिवार तथा समाजलाई सम्बृद्ध बनाउन खेल्ने अहम भूमिकाबारे पनि सचेतनामूलक सकारात्मक सन्देश प्रवाह गर्न सफल भए ।
कार्यक्रमको उद्घाटन गर्दै प्रदेश नं ५ की कृषि, भूमी ब्यवस्था तथा सहकारी मन्त्री आरती पौडेलले नेपाली समाजमा हरितालिका तीजको बिशेष महिमा भएकाले तीजलाई एकता, आपसी सद्भाव तथा सहिष्णुताको पर्वको रूपमा मनाउन सबैलाई आग्रह गरिन् । उनले तिजको नाममा मौलाउँदै गएको विकृती र बिसँगती अन्त्यका लागि महिलाहरू नै जागरूक बन्नपर्नेमा जाड दिईन् । प्राचिन सँस्कृतीसँग जोडिएको हरितालिका तिज महिलाहरूको स्वतन्त्रताको वाहकको रूपमा यो पर्वलाई हर्षाेल्लासका साथ मनाउन सबैलाई आग्रह गरेकी छिन् ।
कार्यक्रमका बिशिष्ठ अतिथि तथा जिल्ला सहकारी संघ बाँके अध्यक्ष प्रेम सुवेदीले सहकारी अब वचत सँकलन रऋण लगानीमा मात्र सिमित नरहेको भन्दै सहकारीको दायरा फराकिलो हुँदै गएको बताए । सम्पूर्ण महिलाहरू सहकारीमा जोडिएर सहकारीका माध्यमबाट अहिले गहना लगाउन नपाएका दिदिवहिनीहरू अबको वर्षमा गहना लगाउन सक्ने हैसियत बनाउन सम्भव रहेको बताए । सहकारीको तिज कार्यक्रम मनोरञ्जनमा मात्र सिमित नभएर सचेनामूलक कार्यक्रमलाई पनि तिजसँगै जोडेर अगाडी बढिरहेको बताए ।
कार्यक्रमा कोहलपुर नगरपालिका सामाजिक बिकास समिति सँयोजक निरज चलाउने, नेपालगन्ज नगर सहकारी सञ्जाल अध्यक्ष बिजया धिताल, कोहलपुर नगरपालिका वडा नं. १२ अध्यक्ष कृष्ण बहादुर खड्का, नगर कार्यपालिका सदस्यहरू कल्पना अधिकारी, भिम नेपाली, लिला पाण्डे, शान्ती सुनार, नेपाल रेडक्रस सोसाईटी उप शाखा कोहलपुर तथा सामुदाियक प्रहरी सेवा केन्द्र अध्यक्ष नारायण प्रसाद गौडेल, कोहलपुर खानेपानी तथा सरसफाई उपभोक्ता सँस्था अध्यक्ष नर बहादुर मल्ल लगाएत बिभिन्न सहकारी सँस्थाका प्रतिनिधीहरू लगायत नगरवासीको उपस्थिति रहेको थियो ।

  • २३ भाद्र २०७५, शनिबार २०:०८ प्रकाशित
  • Nabintech