२६ बैशाख २०८१, बुधबार
१५औँ निजामति सेवा दिवस प्युठानमा पनि मनाइयो
  • काँचुली खबर

१५औँ निजामति सेवा दिवस प्युठानमा पनि मनाइएको छ । भदौ २२ गते निजामति सेवा ऐन जारी भएको दिनको स्मरणमा १५ वर्ष अगाडिबाट औपचारिक रुपमा निजामति सेवा दिवस मनाउन लागिएको हो ।यस बर्ष ‘नतिजामुखी प्रशासन, समृद्धि र सुशासन’ भन्ने नाराका साथ दिवस मनाइएको हो । दिवसका सन्दर्भमा बिहिबार (भाद्र २१ )गते सम्पूर्ण सरकारी कार्यालयमा सरसफाई गरिएको थियो भने शुक्रबार विहान ७.ं३० बजे महेन्द्र मावि खलंगाबाट जिल्ला समन्वय समितिको कार्यालयसम्म प्रभातफेरी गरीएको थियो। दिवसको अवसर पारी कर्मचारीहरु बिच कुर्चिदौड प्रतियोगिताको आयोजना गरी बिजेता हुने कर्मचारी तथा यसै आर्थिक बर्षमा प्यूठान जिल्लाका विभिन्न कार्यालयबाट अवकाश हुने कर्मचारीलाई सम्मान समेत गरिएको छ ।
दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेले निजामती सेवा स्थायी सरकारको रुपमा रहँदै मुलुकमा भएका सबै परिवर्तनमा साथ दिदैं आएकाले राजनीतिक रिक्तताका अवस्थामा पनि गाउँगाउँमा सरकारको अनुभूति दिलाएको बताउदै निजामती कर्मचारीलाई आफ्नो पेशागत आचरणमा रही तोकिएको जिम्मेवारी कुशलताका साथ पुरा गर्दै नागरिकमैत्री भइ सेवा प्रवाह गर्न निर्देशन दिए। साथै उनले निजामती कर्मचारीका समस्या र गुनासाका बारेमा सरकारले उचीत ध्यान दिएर कर्मचारीको मनोबल उकास्नुपर्ने बताए। उक्त कार्यक्रममा प्र.जि.अ.गैह्रेले निजामती सेवासँग सम्बन्धित २ वटा गजल पनि बाचन गरेका थिए ।
यसैबिच दिसवका अवसरमा निजामती सेवा जनमुखी र सदाचारपूर्ण नहुँदा सुशासन स्थापित हुन नसकेको भन्दै अब सर्वसाधरणलाई असल सुशासनको प्रत्याभुत दिलाउन आजदेखि जिल्ला प्रशासन कार्यालय, प्यूठानले सेवाप्रवाहलाई नागरिकमैत्री बनाउन कार्यालयभित्रै प्राथमिक उपचार गर्ने व्यवस्था तथा सेवाग्राहीका पृष्ठपोषणका आधारमा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सेवाग्राही सन्तुष्टि सर्वेक्षण फारामको पनि शुरुवात गरेको गैह्रेले बताए।
यस्तै कार्यक्रममा शुभकामना मन्तव्य राख्दै जिल्ला न्यायाधीश बिष्णुप्रसाद गौतमले निजामतीले भ्रष्टाचारमुक्त सेवा प्रवाह गरी नवीनतम सोचका साथ सुधारका कार्यक्रमलाई अगाडि बढाउन र विकृति, विसंगति विरुद्ध सबै निजामती कर्मचारी संगठित भएर लाग्नुपर्नेमा जोड दिदै निजामती सेवाको साख उच्च राख्न सबै कर्मचारीले उच्च मनोवलका साथ काम गर्नूपर्ने बताए।
त्यस्तै कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रहरी नायव उपरीक्षक निर्मल बुढाथोकिले निजमति कर्मचारीमा इमान्दारी, पारदर्शी र सुशासन अहिलेको आवश्यकता भएकोले सबै कर्मचारीले कार्यक्षमता विकास गर्दै समृद्ध राष्ट्र निर्माणमा जुट्नुपर्ने कुरामा जोड दिदै जनतालाई सेवामा नैतिकताको कमी भएको महसुस हुन नदिन सबैतिरबाट नैतिक र मर्या्िदत सेवाको लागि कर्मचारीहरु एक आपसमा तालमेल बनेर अगाडि बढ्न सकेमा देशमा सुशासन कायम हुने बताए।
जिल्ला समन्वय समितको हलमा जिल्ला मूल समारोह समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी श्री बद्रीनाथ गैह्रेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमा स्वर्गद्वारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम गैरे, माननीय जिल्ला न्यायाधीश बिष्णुप्रसाद गौतम,प्रहरी नायव उपरीक्षक निर्मल बुढाथोकी लगायत सम्पुर्ण निजामति कर्मचारीहरुको उल्लेखनिय सहभागिता रहेको थियो।

  • २३ भाद्र २०७५, शनिबार ०९:१५ प्रकाशित
  • Nabintech