३ जेष्ठ २०८१, बिहीबार
नमुना स्कुलमा नि:शुल्क दन्त शिविर सम्पन्न
  • काँचुली खबर

बाँकेको कोहलपुर-८ मा रहेको नमूना विद्या सदन माविले एक दिने निःशूल्क दन्त शिविर सम्पन्न गरेको छ । शिविरमा विद्यालयमा अध्ययनरत विद्यार्थी, अभिभावक र शिक्षकहरुको दन्त परीक्षण गरिएको छ । विद्यार्थीहरु स्वस्थ भएको खण्डमा मात्र शिक्षण प्रभावकारी हुनेभएकाले विद्यालयले दन्त शिविरको आयोजना गरेको विद्यालयका संस्थापक शिव डाँगिले बताए ।
‘विद्यार्थीहरुको दाँतमा समस्या आउँदा पठन पाठनमा प्रभाव पर्ने भएकाले दाँतमा समस्या आउन नदिनका लागि एक दिने निःशूल्क दन्त शिविर आयोजना गरिएको हो’ उनले भने ‘विद्यार्थीहरुलाई मानसिक र शारीरिक रुपमा सक्षम बनाउन विद्यालय लागपरेको छ ।’
पछिल्लो समयमा विद्यालयहरुले बालबालिकाहरुको स्वास्थ्यलाई पहिलो प्राथमिकता दिईरहेको बताउँदै नमूना विद्या सदन माविले समय समयमा स्वास्थ्य शिविर संचालन गर्ने योजना बनाएको विद्यालयका प्रिन्सिपल नविन रावतले बताए ।
फ्रेशडेन्ट क्लिनिकको प्राविधिक सहयोगमा सम्पन्न भएको शिविरमा पाँच सय विद्यार्थी, शिक्षक र अभिभावकहरुले दन्त परीक्षण गराएका थिए । उज्वल मेडिकल हलसँगै रहेको उक्त क्लिनिकले बिभिन्न शिक्षण संस्थाहरुमा निशुल्क दन्त शिविर संचालन गर्दै आएको फ्रेशडेन्टका संचालक तथा दन्त चिकित्सक रमेशराम भण्डारीले जानकारी दिए ।

  • २२ भाद्र २०७५, शुक्रबार १८:०६ प्रकाशित
  • Nabintech