१४ बैशाख २०८१, शुक्रबार
बलात्कारको अर्को घटना सार्वजनिक
  • काँचुली खबर

बाँकेको कोहलपुरमा हजुरबुवाले आफ्नै नातीनी बलात्कार गरेको घटनाले चरमरुप लिइरहेको बेला नेपालगन्जको गणेशपुरमा साईबाबा भनिने एक ब्यक्तिले १५ वर्षिया बालिकालाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ ।
केहि समय अघिदेखि विरामी परेकी बालिकालाई झारफुक गर्नेक्रममा आएका बेला साइबाबा भनिने ती ब्यक्तिले उनीमाथि बलात्कार गरेको बुझिएको पीडित बालिका आफन्तले बताएका छन् ।
झारफुक गर्ने क्रममा ती साईबाबाले ३/४ महिना अघिदेखि नै आफूमाथि बलात्कार गर्दै आएको र बाहिर कसैसँग कुरा गरे जे पनि हुनसक्ने धम्की दिएका कारण आफूले कसैलाई पीडा भन्न नसकेको बलात्कृत बालिकाले प्रहरी समक्ष बताएको आफन्तले जनाएका छन् ।
बिहीबार दिउँसो १ बजेतिर बालिकाको योनीबाट धेरै रक्तश्राप भएपछि बालिकाले आफ्नी आमालाई सबै कुरा बताएकी थिइन् । आमाले थाहा पाएपछि घटना बाहिर आएको पीडित बालिकाका काकाले जानकारी दिए ।
घटना थाहा पाए लगत्तै उनका काकाले जिल्ला प्रहरी कार्यालय बाँकेमा साईबाबा भनिने ती ब्यक्तिको नाममा किटानी जाहेरी दिएका थिए । किटानी जाहेरी परेपछि बाँके प्रहरीले साईबाबा भनिने ती ब्यक्तिलाइ पक्राउ गरेको छ । पक्राउ परेका ती ब्यक्तिलाई थप अनुसन्धानका लागि थुनामा राखिएको प्रहरीले जनाएको छ ।
बढैयाताल गाँउपालिकाकी १५ वर्षिय ती बालिकाको बिहीबार भेरी अञ्चल अस्पताल नेपालगन्जमा उपचार भएको छ भने उनको पेटमा गर्भ भएरनभएको बारे रिपोर्ट आउन बाँकी रहेको पीडितका आफन्तहरुले बताएका छन् ।
ती साईबाबाले पटक-पटकको बलात्कारपछि बिहीबार गर्भपतन गराउने सम्बन्धि औषधीसमेत खुवाएको प्रहरी समक्ष पीडित बालिकाले बयान दिएका छन् । ४६ बर्षीय साईबाबा भनिने ती ब्यक्ति विगत केही समयदेखि गणेशपुरमा ज्योतिषीको काम गर्दै आएका थिए ।
देशभरमा दिनहुँ जसो बलात्कारका घटना घटिरहदा बाँके जिल्लामा पनि एकसातामै दुईवटा यस्ता घटना भएका छन् । नातिनी बलात्कारको घटनाले कोहलपुरमा आन्दोलन भइरहेका बेला नेपालगन्जमा फेरी भएको यो घटनाले महिला तथा बालिकाहरु असुरक्षित बनेका छन् ।

  • २२ भाद्र २०७५, शुक्रबार १५:५९ प्रकाशित
  • Nabintech