२४ बैशाख २०८१, सोमबार
पत्रकार महासंघले आज प्रदर्शन गर्ने
  • काँचुली खबर

काठमाडौं–नेपाल पत्रकार महासंघले मुलुकी देवानी र फौजदारी संहितामा व्यवस्था भएका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी प्रावधान तत्काल हटाउन माग गर्दै शुक्रबार प्रदर्शन गर्दै छ । सञ्चार सामाग्रीसहित दिउँसो साढे २ बजेपछि नयाँ बानेश्वरमा प्रदर्शन गर्न लागेको महासंघले जनाएको छ ।

भदौ १ बाट लागू भएको नयाँ ऐनका केही प्रावधानहरुले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई गम्भीर असर पार्ने देखिएकाले ती बुँदाहरु संशोधन गरी पूर्ण प्रेसमैत्री बनाउनुपर्ने माग सुनुवाई नभए चरणबद्ध रुपमा कडा आन्दोलन गर्ने महासंघले जनाएको छ ।  महासंघले यसअघि सभामुख कृष्णबहादुर महरा तथा सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बाँस्कोटा तथा हरेक जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाई ज्ञापनपत्र बुझाएर यस्ता प्रावधान तत्काल संशोधन गर्न आग्रह गरेको थियो ।

  • २२ भाद्र २०७५, शुक्रबार १०:१७ प्रकाशित
  • Nabintech