७ जेष्ठ २०८१, सोमबार
समता स्कुल डोल्पाका लागि आर्थिक संकलन
  • काँचुली खबर

समता स्कुल डोल्पाको सहयोगार्थ आर्थिक सहयोग संकलन गरिएको छ । बाँकेको कोहलपुरमा रहेको समता उप-केन्द्र (व्यूरो) कार्यालयमा एक कार्यक्रमको आयोजना गरी आर्थिक सहयोग संकलन गरिएको हो ।
बुधबार कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले एक हजार एक सय ५ रुपैयाँ समता स्कुल डोल्पाकालागि दानका छन । कार्यत्रलममा मेयर रावतले सबैले सहज शिक्षा पाउन् भन्ने उद्धेश्यले आफुले थोरै भएपनि सहयोग गरेको बताए । उनले समताका संस्थापक उत्तम संजेललाई धन्यवाद दिदै यस अभियानमा आफुलाई समेत सहभागि गराउन पाउँदा हर्षित भएको बताए ।
कार्यक्रममा उप-केन्द्र प्रमुख रबि रोकायाले एक हजार दान गदै सबैकालागि शिक्षा अभियान बाँकेबाट शुरु गरीएको बताए । उनले अभियानमा सबैको सहयोग आवश्यक रहेको बताउँदै ७७ वटै जिल्लामा सहयोग दान पेटीका राखिने जानकारी दिए ।
कार्यक्रममा समता स्कुल कोहलपुरका अभिभावक, शिक्षक, कार्यालय सहयोगी लगायतले समता स्कुल डोल्पाकालागि आर्थिक दान गरेका थिए । कार्यक्रममा नगद दुई हजार आठ सय ५ रुपैयाँ संकलन भएको समता उप केन्द्र कार्यालयले जानकारी गराएको छ ।

  • २१ भाद्र २०७५, बिहीबार १५:१७ प्रकाशित
  • Nabintech