५ जेष्ठ २०८१, शनिबार
कोहलपुर नगरविकास समितिको बजेट ५७ करोड २२ लाख
  • काँचुली खबर

कोहलपुर नगर विकास समितिले चालु आर्थिक वर्ष ०७५/०७६ का लागि ५७ करोड २२ लाख बजेट विनियोजन गरेको छ । गत आवमा ३० करोड ४० लाख बजेट विनियोजन गरको नगर विकासले चालु आवमा २६ करोड ८२ लाख बढि रकमको बजेट विनियोजन गरेको हो ।

मंगलबार पत्रकार सम्मेलन मार्फत नगर विकास समितिका अध्यक्ष अवराज खड्काले चालु आर्थिक वर्षमा बिनियोजन गरिएको बजेटका बारेमा जानकारी दिएका हुन ।

बिनियोजित बजेटमा भौतिक पूर्वाधार तर्फ विशेष जोड दिईएको छ भने नगरविकास भित्र रहेका सडकहरुको स्तरोन्नतीकालागि ठुलो मात्रामा बजेट छुट्टाईएको छ ।

बसपार्कको कमर्सियल भवन निर्माणकालागि ९ करोड छुट्याएको नगर विकासले राष्ट्र बैंकको जग्गा वरपर बाटो ग्रावेल, नाला तथा फुटपाथ निर्माणका लागि १५ करोड, गोलपार्क क्षेत्र वरपरका घडेरीहरुकालागि सडक तथा ड्रेन निर्माणकामा ३ करोड र क्रिकेट मैदान जाने सडक तथा शाखा बाटोहरु निर्माणकालागी ३ करोड र गोलपार्कमा भ्यू टावर निर्माणका लागि ३ करोड रकम छुट्टाएको छ ।

त्यसैगरी नगरभित्र विद्युतीकरण कालागि १ करोड, कोहलपुर खुल्ला शहिद मञ्चमा पर्खाल निर्माणका लागि २ करोड, डुडुवा खोलामा तटबन्धनकालागि २ करोड, नगरभित्रका बिभिन्न क्षेत्रमा नाली निर्माण तथा बाटो ग्राबेलकालागि ४ करोडको रकम बिनियोजित गरिएको नगर विकास समितिका अध्यक्ष खड्काले जानकारी दिए ।

  • १९ भाद्र २०७५, मंगलवार २१:२४ प्रकाशित
  • Nabintech