२३ बैशाख २०८१, आईतवार
एनालग प्रविधिका केबल च्यानल बन्द
  • काँचुली खबर

बाँकेमा मंगलबार देखि एनालग प्रविधिका केबल टेलिभिजन बन्द गर्न सुरु गरिएको छ । सूचना तथा सञ्चार मन्त्रालयको एक टोलि एनालग प्रविधीका केबल टेलिभिजन निरीक्षण गर्न बाँके आइपुगेको छ ।

टोलिले मंगलबार नेपालगन्जबाट सञ्चालनमा रहेका २ वटा केबल टेलिभिजनमा निरीक्षण गरेर एनालग सिस्टम बन्द गराएको छ ।

बागेश्वरी केबुल र सुपरभिजन केबुलमा अनुगमन गरेर एनालग सिस्टम बन्द गराइएको अनुगमन टोलिमा रहेका सुचना तथा सञ्चार मन्त्रालयका अनिल भुजेलले जानकारी दिए ।

डिजिटल प्रविधीमा हरेक टेलिभिजनका लागि ग्राहकले छुट्टै सेट-टप बक्स जडान गर्नुपर्छ । नेपालगन्जको बागेश्वरी केबुलले केही बर्ष अघि देखि नै डिजिटल प्रविधी सुरु गरिसकेको छ । बाँकेमा कम मात्र सेवाग्राहीहरुले सेट-टप बक्स जडान गरेको बताइन्छ ।

टोलिले भोली कोहलपुरको मध्यपश्चिम केबुल र नेपालगन्ज मनोरञ्जन केबुलको अनुगमन गर्ने बनाइएको छ ।

  • १९ भाद्र २०७५, मंगलवार २०:१२ प्रकाशित
  • Nabintech