३ जेष्ठ २०८१, बिहीबार
गाउँपालिकालाई बालविवाह मुक्त गर्न साझा प्रतिबद्धता
  • काँचुली खबर

बढैयाताल गाउँपालिकाले ४ बर्ष भित्र बालविवाह मुक्त गाउँपालिका घोषणा गर्ने प्रतिबद्धता जनाएको छ । बढैयाताल गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठले “बाल विवाह अन्त्य गर्न सम्भव छ” भन्दै आफनो कार्यकालको ४ बर्ष भित्र बढैयाताल गाउँपालिकाको सम्पूर्ण ९ वटै वडालाई बालविवाह मुक्त घोषणा गर्ने साझा प्रतिबद्धता जनाए ।
प्रमुख अतिथि समेत रहनुभएका गाउँपालिका वडा अध्यक्ष श्रेष्ठले बाल विवाह एक जघन्य अपराध भएकोले यसलाई निर्मुल पार्नु पर्नेमा जोड दिए । त्यसैगरी वडा नं। १ का वडा अध्यक्ष शेर बहादुर थापाले बाल विवाह रोक्नलाई सबै एकजुट हुनुपर्ने बताए ।
सो कार्यक्रमको विशिष्ट अतिथि बाल विवाह निर्मुल परियोजनाका परियोजना संयोजक चक्रराज गिरीले बाल विवाहले गर्दा अहिले समाजका घरेलुु हिंसा बढिरहेको भन्दै बाल विवाह रोक्नको लागि सम्पूर्ण सरोकारवाला निकायहरु सक्रिय भएर लाग्नुपर्नेमा जोड दिए ।
सो कार्यक्रमको अध्यक्षता गरेका बढैयाताल गाउँपालिकाका उपाध्यक्ष दिपा कुमारी गौतमले “बाल विवाह अन्त्य गर्न सम्भव छ” भन्दै बढैयाताल गाउँपालिकालाई बाल विवाह मुक्त बनाउने साझा प्रतिबद्धता वाचन गरेकी थिईन ।
बढैयातालमा एकपात लक्जम्वर्गको आर्थिक सहयोग र आवाज संस्थाको सक्रियतामा बाल विवाह निर्मुल परियोजना सन्चालन भईरहेको छ ।

  • १९ भाद्र २०७५, मंगलवार २०:०५ प्रकाशित
  • Nabintech