७ जेष्ठ २०८१, सोमबार
टाईम एकेडेमीद्धारा सेवा प्रारम्भ
  • काँचुली खबर

टाईम एकेडेमीले कोहलपुरमा आफ्नो सेवा सुरु गरेको छ । शिक्षा क्षेत्रमा गुणस्तरीय जनशक्ती उत्पादन गर्ने उद्धेश्यले संचालित एकेडेमीले शनिबार कोहलपुरमा आफ्नो कार्यालय स्थापना गरेको हो । सेवा विस्तार गर्ने क्रममा कोहलपुर एनटिभि रोडमा औपचारिक रुपमै कार्यालय स्थापना गरिएको टाईम एकेडेमीका संचालक पिताम्बर रेग्मीले जानकारी दिए ।
शनिबार एक कार्यक्रमका बिच कोहलपुर नगर शिक्षा प्रमुख दानबहादुर विष्टले रिवन काटेर एकेडेमीको उद्घाटन गरेका हुन । कार्यालय उद्घाटन कार्यक्रममा कोहलपुर रेडक्रसका अध्यक्ष तथा नेपाली काँग्रेसका नेता नारायण प्रसाद गौडेल, धुब्र आचार्य, विष्णु तिवारी लगायत सहभागी थिए ।
एकेडेमीबाट लोकसेवा आयोग तयारी कक्षाका अलावा सबै तहका ट्यूसन कक्षाहरु संचालन गरिने पिताम्ब रेग्मीले जानकारी दिए । रेग्मीले भने टाईम एकेडेमीकमा बैदेशिक शिक्षा आर्जनका लागी जान चाहाने बिद्यार्थीहरुका लागी जापानिज, कोरियन भाषाका साथै आईल्सका कक्षाहरु समेत संचालनमा रहेको बताए ।

कार्यक्रममा बोल्दै कोहलपुर नगर शिक्षाका प्रमुख बिष्टले कोहलपुर क्षेत्रमा बिद्यार्थीहरुको रोजाईमा पर्न सफल यस इन्स्टिच्युटले भबिष्य राम्रो रहेको बताउनु भएको थियो ।

  • १६ भाद्र २०७५, शनिबार १८:१४ प्रकाशित
  • Nabintech