३ जेष्ठ २०८१, बिहीबार
ब्रेन ट्युमर पिडितलाई आर्थिक सहयोग हस्तान्तरण
  • काँचुली खबर

बाँके खजुरा गाउँपालिका १ राधापुरकी ब्रेन ट्यूमर पीडित लक्ष्मी शाही बचाउ अभियानलाई हाईपर क्रु नेपालको पहलमा आर्थिक रकम संकलन गरि सहयोग प्रदान गरिएको छ ।
आर्थिक अवस्थाले कमजोर लक्ष्मी रकम नभएकै कारण थला पर्दै गएपछि उनको उपचार सहयोगकालागि अभियान संचालन गरिएको छ । उनको उपचारका लागि अस्पलातले ६ लाख लाग्ने भनेपछि पिडित लक्ष्मी झनै निरास बनेकी छन । लक्ष्मीले आफ्नो प्राणको भिख माग्दै सहयोगको लागि अपिल गरेपछि हाईपर क्रु नेपालले लक्ष्मीको प्राण बचाउनकालागि सामाजिक सञ्जाल लगायत विभिन्न माध्यम मार्फत आर्थिक सहायता गर्न देश तथा विदेशमा रहेका नेपालीहरुलाई आब्हान गरेको हाईपर क्र नेपाल नेपालगन्जका संयोजक सुप्रना मल्लले जानकारी दिए ।
तपाईहरुको सानो सहयोगले कसैको ज्यान बाँच्छ भने कृपया सकेजति सहयोग गर्न भनेर अनुरोध गरिएको संयोजक मल्लले जानकारी दिए । हाईपर क्रु नेपालको पहलमा हाल बैदेशकी रोजगारको सिलसिलामा साउदीमा रहेका कृष्ण ठकुरीले पठाएको ५ हजार १२ रुपैँया र विभिन्न स्थानबाट संकलन भएको २४ हजार ६ सय २८ रुपैया तरुणदल नेपालगञ्जका नगर सभापती सन्दीप जङ्ग शाह मार्फत खजुरा गाउँपालिकाका तरुण् ादल सभापति कमल सिंङलाई हस्तान्तरण गरिएको छ ।
शनिवार विभिन्न स्थानबाट संकलन भएको रकम लगायत विभिन्न स्थानबाट संकलन भएको रकम तरुण दल खजुरा गाउपालिकाका सभापति कमल सिहलाई १ लाख ९ हजार २ सय ७० रुपैयाँ नगद प्रदान गरि आफन्तसम्म पुर्याउने जिम्मा लगाईएको हाईपर क्र नेपाल नेपालगन्जका संयोजक मल्लले जानकारी दिए ।

  • १६ भाद्र २०७५, शनिबार १७:३८ प्रकाशित
  • Nabintech