६ जेष्ठ २०८१, आईतवार
नेपालगन्जमा गर्जिए गजलकार !
  • काँचुली खबर

शनिवार नेपालगन्जमा ४ जना प्रखर गजल स्रष्टाहरुको रचनावाचन कार्यक्रम सम्पन्न भएको छ । १ सय ५३ औ मोति जयन्ती तथा ८० औ प्रकाश राजापुरी जन्मजयन्तीको अवसरमा मध्यपश्चिमान्चल गजल प्रतिष्ठानले आयोजना गरेको एक विशेष कार्यक्रमका बिच सुर्खेतका ऋषि शर्मा सुदामा, वर्दियाकी अन्जु स्मारिका, जाजरकोटका क्षीतिज समर्पण र कोहलपुरकी नमीता बरालले आफ्ना उत्कृष्ठ ८-८ वटा गजलहरु सुनाए ।
बाँके, बर्दिया, दाङ, सुर्खेत, दैलेख र जाजरकोटबाट गजल सुन्न करिब १ सय गजल पारखिहरु नेपालगन्ज पुगेका थिए । वरिष्ठ उर्दु सायर अब्दुल लतिफ शौकको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ४ जना गजलकारहरुले सुनाएका गजलहरु वर्तमान समयका उत्कृष्ठ गजलहरु रहेको गजलकार खगेन्द्र गिरि कोपिलाले बताए ।
कार्यक्रममा उपस्थित प्राज्ञ हरि तिमिल्सेनाले पछिल्लो पुस्ता गजल विधालाई नेपाली साहित्यको एक लोकप्रिय विधा बनाउने बाटोमा कटिबद्ध रहेको आफुले महसुस गरेको प्रतिक्रिया दिए । मध्यपश्चिमान्चल गजल प्रतिष्ठानले हरेक वर्ष उत्कृष्ठ गजलकारहरुको विशेष गजलवाचन कार्यक्रम गर्दै आएको छ ।

  • १६ भाद्र २०७५, शनिबार १७:०५ प्रकाशित
  • Nabintech