५ जेष्ठ २०८१, शनिबार
सिके राउतका कार्यकर्ताको हिरासतमै मृत्यु
  • काँचुली खबर

नेपाल सरकारका उप प्रधानमन्त्री एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई कालो झण्डा देखाएको आरोपमा पक्राउ परेका एक ब्यक्तिको प्रहरी हिरासतमै मृत्यु भएको छ । बर्दियाको गुलरियामा भाद्र ७ गते पक्राउ परेका स्वतन्त्र मधेश गठबन्धनका ४ जना कार्यकर्ता मध्येका एक बाँकेको पिप्रहवा घर भएका राम मनोहर यादवको मृत्यु भएको हो ।

भदौ ७ गते बर्दियामा स्वतन्त्र मधेश गठबन्धनका राममनोहर यादवसहितका नेताहरुले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष र उपप्रधान मन्त्रीलार्इ कालो झण्डा देखाउदा पक्राउ गरिएको थियो । सोही दिन पक्राउ परेका यादवलाई जिल्ला प्रहरी कार्यालय बर्दियामा राखिएको थियो । जानकी गाउँपालिका ६ गनापुर कपासी बस्ने यादवको उपचारको क्रममा काठमाडौं लैजाँदै गर्दा शुक्रबार राती बाटोमै मृत्यु भएको हो ।

बुधबार राती हिरासतमा हात-खुट्टा नचल्ने भएपछि यादवलाई जिल्ला अस्पताल गुलरियामा भर्ना गरे पनि उपचार सम्भव नभएपछि थप उपचारका लागि बिहीबार भेरी अञ्चल अस्पताल नेपालगञ्जमा भर्ना गरिएको थियो । ३० वर्षीय यादवका २ छोरा र १ छोरी छन् । यादवको बुवाको मृत्यु भइसकेको छ ।

  • १६ भाद्र २०७५, शनिबार १५:२५ प्रकाशित
  • Nabintech