७ बैशाख २०८१, शुक्रबार
यूट्युवमा ‘सहवास’
  • काँचुली खबर

समसामयीक विषयवस्तुलाई समेटी तयार पारिएको सर्ट मुभी ‘सहवास’ रिलिज गरिएको छ । रुद्राक्ष ईन्टरटेनमेन्टले निर्माण गरेको सर्ट मुभी ‘सहवास’ को मुख्य भूमिकामा प्रकाश कँडेल देखिएका छन भने कँडेललाई शिल्पा खड्काले साथ दिएकी छन । शुसिल बरालीको सम्पादन तथा रक कौशलको छयाँङ्कनमा तयार पारिएको सर्ट फिल्मलाई निरज निश्चलले अन्तिम रुप दिएका हुन ।

नयाँ मुलुकी ऐनमा श्रीमान श्रीमती बिच यौन सम्बन्ध कायम गर्न समेत स्विकृती लिनुपर्ने नियमलाई कटाक्ष गर्दै ‘सहवास’ फिल्म निर्माण गरिएको रुद्राक्ष फिल्म प्रालीका प्रमुख रुद्र खनालले जानकारी दिए । उक्त सर्ट फिल्म यहि बिहिबार युट्युव च्यानल मार्फत सार्जजनिक गरिएको हो ।

  • १५ भाद्र २०७५, शुक्रबार १३:१२ प्रकाशित
  • Nabintech