२२ बैशाख २०८१, शनिबार
चौधरी नगरपालिका संघको केन्द्रीय सदस्यमा चयन
  • काँचुली खबर

कोहलपुर नगरपालिकाकी उपप्रमुख सन्जु कुमारी चौधरी नगरपालिका संघ नेपालको केन्द्रिय सदस्यमा निर्वाचित भएकी छन । काठमाण्डौमा जारी नगरपालिका संघ नेपालको छैठौं राष्ट्रिय अधिवेशनबाट बाँकेको प्रतिनिधित्व गर्दै चौधरी केन्द्रिय सदस्यमा निर्वाचित भएकी हुन ।
गत मंगलबारदेखि सुरु भएको नगरपालिका संघको राष्ट्रिय अधिवेशनले चौधरीलाई सर्वसम्मत केन्द्रिय सदस्यमा चयन गरेको कोहलपुर नगरपालिकाका प्रेस संयोजक भिम रावतले जानकारी दिएका छन । रावतका अनुसार शुक्रबार नगरपालिका संघको नयाँ कार्यसमित समेत सर्वसम्मत चयन गरिएको छ ।

केन्द्रिय सदस्य हुन सफल चौधरीलाई हार्दिक बधाई ।

  • १४ भाद्र २०७५, बिहीबार २०:०८ प्रकाशित
  • Nabintech