२२ बैशाख २०८१, शनिबार
अगुवा कार्यकर्ता भेला सम्पन्न
  • काँचुली खबर

नेपाल कम्युनिष्ट पार्टी निकट नेपाल लोकतान्त्रिक थारु संघ र थारु राष्ट्रिय मुक्ति मोर्चा नेपालको संयुक्त आयोजनमा अगुवा कार्यकर्ता भेला कोहलपुरमा सम्पन्न भएको छ । नेकपाका नेता अशोक कोईराला, अशोक रोकाय र पट्टु थारुको विशेष आतिथ्यतामा भेला सम्पन्न भएको लोकतान्त्रिक थारु संघका नेता चन्द्र थारुले जानकारी दिए।
नेकपा बाँकेका नेता तथा पुर्व सांसद पट्टु थारुले पार्टी एकता र नेकपाको जन्म पछि अन्यौल बढेको भन्दै भावि राजनीतिक कार्य्दिशा बारे स्पष्ट पारेका थिए । उनले संघर्ष होईन अब समृद्धिको यात्रामा थारु समुदायले नेतृत्व गर्नु पर्नेमा जोड दिए।
नेकपाका नेता अशोक कोईरालाले बाँकेको मात्र नभई सिगैं तराई भुमिको रक्षक थारु समुदाय नै रहेको भन्दै सुखी नेपाली र समृद्ध नेपालको कार्यभार पनि श्रमजीवि र ईमान्दार थारु समुदायको काँधमा आएको जिकिर गरे।
नेकपाका नेता तथा पुर्व सांसद अशोक रोकाय संकल्पले बाँकेका थारु समुदाय धर्तीको मात्र नभएर नेपालको सम्पुर्ण संघर्ष, आन्दोलन र १० वर्षे जनयुद्धको पनि रक्षक भएको बताए । रोकायले शान्ति, स्थायित्व र दिगो विकासका लागि अब सम्पुर्ण नेपाली एकजुट भएर अघि वढ्न आवश्यक रहेको बताए।
भेलामा बाँकेका उपमहानगरपालिका, नगरपालिका र गाँउपालिकाका थारु समुदायका नेता तथा अगुवा कार्यकर्ताको उपस्थिति रहेको थारु मुक्ति मोर्चाका केन्द्रीय सदस्य सुरेश थारुले बताए ।

  • १४ भाद्र २०७५, बिहीबार १९:५५ प्रकाशित
  • Nabintech