२४ बैशाख २०८१, सोमबार
टाइम एकेडेमी नयाँ ठाउबाट उद्घाटन हुदै
  • काँचुली खबर

कोहलपुर – भाद्र १६ गते शनिबारका दिन कोहलपुर स्थित रहेको टाईम एकेडेमी बिधिबत रुपमा नयाँ ठाउबाट शुरु हुदै । कार्यक्रम शनिबार १२ बजे शुरु हुने आयोजकले जनाएको छ । कोहलपुर एनटिभीमा रहि बिद्यार्थीहरुलाई सेवा बिस्तार गरिरहेको एकेडेमी सोही ठाउ थ्री स्टार फ्रोजन फुड रहेको भबनमा सर्न लागेको टाईम एकेडेमिका एम.डी पिताम्बर रेग्मीले बताए । उनका अनुसार सो दिन बिद्यार्थीहरुले १२ बजे भित्र उपस्थिती भई फर्म भरेको खण्डमा ५० प्रतिशत छुट हुने समेत एकेडेमीले बताएको छ ।  
शनिबारका दिनबाट नयाँ ठाँउबाट नयाँ ढंगबाट प्रस्तुत हुने समेत एकेडेमिले बताएको छ । एकेडेमिले काठमाण्डौँ र नेपालगन्जबाट दिदै आएको सुबिधामा शिक्षा अब कोहलपुरबाटै दिने समेत उल्लेख गरेको छ । एकेडेमीले एसइइ, प्लस टु, सिटिभिटी, आईल्स, र बिभिन्न बिषयमा अध्यन गर्ने बिद्यार्थीहरुका जापानीज, कोरियन र अंग्रेजि भाषाका लागी तयारी (ब्रिजकोर्ष) कक्षा समेत पढाउदै आएको छ । आईल्स पढेका बिद्यार्थीहरुका लागी बैदेशिक शिक्षाका लागी अध्ययन गर्न अष्ट्रेलिया, अमेरीका, यूरोप र क्यानडा जानेहरुका लागी भिसा प्रोसेसिङ्गका लागी पनि सहजिकरण गर्ने छ ।

  • १४ भाद्र २०७५, बिहीबार १६:१९ प्रकाशित
  • Nabintech