७ जेष्ठ २०८१, सोमबार
बाँकेमा शिक्षा पत्रकारीता पुरस्कार प्रदान
  • काँचुली खबर

नेपाल पत्रकार महासंघ बाँकेद्धारा रामअधार कुर्मी र रामकुमारी कुर्मीको नाममा रहेको शिक्षा पत्रकारिता पुरस्कार यो बर्ष बाँकेका दुई पत्रकारले प्रप्त गरेका छन ।
नेपालपत्रकार महासंघ बाँके शाखाले एक कार्यक्रमको आयोजना गर्दै पुरस्कार बितरण गरेको हो । पुरस्कार प्राप्त गर्नेमा रेडियो प्रतिबोध एफ।एमका स्टेसन म्यानेजर हेमन्त बि।क र रेडियो सद्भाबकी निशु जोसीले पाएका हुन । पुरस्कार र नगद प्रदेश पत्रकार महासंघका महासचिव भेषराज बस्नेतले हस्तान्तरण गर्नु भएको थियो । शिक्षा क्षेत्रका कलम चालएको भन्दै दुई पत्रकारलाई सम्मान गरिएको नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष ठाकुर सिंह थारुले जानकारी दिए । सम्मानित हुने पत्रकारले नगद रु पाँच हजर र प्रमाण पत्र प्राप्त गरेका छन ।
कार्यक्रममा पुरस्कार छानौट समितीका संयोजक पुर्णलाल चुके, सदस्य निरज गौतम, नेपाल पत्रकार महासंघका पुर्ब सभापति प्रेम के.सी, पुर्ब उपाध्यक्ष गोबिन्द आचार्य, लगाएत पत्रकारको उपस्थिती रहेको थियो ।

  • १४ भाद्र २०७५, बिहीबार १३:१७ प्रकाशित
  • Nabintech