२२ बैशाख २०८१, शनिबार
इ.डि ,ओडनी बुटिक कलेक्सन संचालनमा
  • काँचुली खबर

नेपालगंज उपमहानगरपालीका २० राझा एयरपोर्ट स्थीत इ, डि ,ओडनी बुटिक कलेक्सन नामक बुटिक मंगलबारदेखि संचालनमा आएको छ । मंगलबारदेखि संचालनमा आएको बुटिकको महिला उद्यमी संघका केन्द्रीय सदस्य सस्वती शर्मा तथा संघका बाके अध्यक्ष सुसीला गौतमले सयुक्तरुपमा उदघाटन गरेका थिए ।
एक विशेष समारोहका बीच शर्माले रिबन काटेर बुटिकको औपचारिक सुभारम्भ गर्दै यसका संचालकलाई सफलताको शुभकामना दिईन । शुभकामना दिदै महिला उद्यमी संघ बाकेकी अध्यक्ष सुसीला गौतमले महिलाहरु सिपका कारण स्वरोजगार हुदै गएको भन्दै आत्मनिर्भरताले नै सृमद्धिको बाटो खोल्ने बताइन ।
इ, डि ओडनी बुटिक कलेक्सन सरीता गुरुङले संचालनमा ल्याएकी हुन् । लामो समय देखि बुटिक डिजाईन सम्बन्धि तालिम लिएकी उनले यसलाई व्यवसायिक रुप दिएकी हुन् । परम्परागत पहिरन देखि बजारमा नया ट्रेन्डमा चलेका सम्पूर्ण खाले पहिरनहरु ‘इ डि ओडनी ’मा तयार हुने संचालक सरीता गुरुङले दाबी गरिन ।
तुलनात्मक रुपमा हामीअरुभन्दासस्तोका साथै गुणस्तरका सामानउपभोक्तामाझ पुरयाउछौ ’ संचालक गुरुङले बताईन् । करिब सात लाख रुपैयाँ लगानीमा शुरु भएको बुटिकमा स्तरीय फेसन तथा डिजाइनका पहिरनहरुको लागि अव छिमेकी देश तथा राजधानी धाउनु नपर्ने संचालकले दाबी गरिन ।

शुभारम्भ कार्यक्रममा महिला उद्यमी संघका उपाध्यक्ष निरुपमा रस्तोगी ,नेपाल पत्रकार महासंघ बाकेका उपाध्यक्ष रुपा गहतराज लगाएतले बुटिकको व्यवसायिक सफलताको कामना गरेकाथिए । कार्यक्रम संघका सदस्य बिन्दु चर्तिमगरले संचालन गरेकी थिईन ।

  • १३ भाद्र २०७५, बुधबार १६:१३ प्रकाशित
  • Nabintech