३ जेष्ठ २०८१, बिहीबार
नेपाल इक्राद्धारा स्वास्थ्य चौकीलाई प्रसूति सेवाका लागि चाहिने उपकरण हस्तन्त्रण
  • काँचुली खबर

नेपाल इक्रा एजुकेशनल फाउण्डेशनले खजुरा गाँउपालिका वडा नं. ७ मा रहेको सोनपुर स्वास्थ्य चौकीलाई प्रसूति सेवाका लागि चाहिने उपकरण उपलब्ध गराएको छ । उपकरणपछि स्वास्थ्य चौकीमा प्रसूति सेवा सहज भएको जन स्वास्थय निरिक्षक लक्ष्मण प्रसाद कणेलले बताउनु भयो ।

फाउण्डेशनले पेरी लाईट,फूट सेक्सन,स्वचर सेट,बिपि सेट उपकरणहरू उपलब्ध गराएको हो । त्यस्तै, आईयूसीडि लगायत प्रसूतिका लागि चाहिने उपकरण उपलब्ध गराइएको छ । प्रसूति सेवाका लागि साधनको अभावले गर्दा सोनपुर क्षेत्रबाट गर्भवती महिलाहरू सुत्केरी हुन जिल्ला अस्पताल आउन बाध्य रहेका थिए । स्थानीयले गाउँनजिकै स्वास्थ्यचौकीबाट निःशुल्क सेवा पाउनका लागि स्वास्थ्यचौकीलाई निःशुल्क उपकरण सहयोग गरेको फाउण्डेशनका अध्यक्ष शक्ति कुमार बंशकारले बताउनु भयो । ‘सोनपुर मात्र होइन, जिल्लाका सबैजसो स्वास्थ्यचौकीलाई आवश्यक सामग्री, प्रसूति उपकरणलगायत केही स्वास्थ्य चौकीलाई स्ट्रीचर समेत उपलब्ध गराएका छौं,’ उनले भने । फाउण्डेशनले प्रसूति उपकरण उपलब्ध गराएपछि प्रसूति सेवा दिन सहज भएको र यसले गर्दा सुत्केरी हुन आउनेको संख्यासमेत बृद्धि हुने स्वास्थ्य निरिक्षक कर्णेलले बताए । ‘पुराना उपकरणले सुत्केरी गराउन कठिनाइ थियो । एउटा सामग्री भए अर्को हुँदैनथ्यो,’ उनले भने, ‘फाउण्डेशनबाट सामग्री पाएपछि सेवा दिन सजिलो हुने छ ।’ उपकरणकै कारण सुत्केरी हुन आएकालाई बाहिर पठाउनुपर्ने समस्या टरे पनि अझै उपकरण अपूग रहेकोले भविष्यमा थप उपकरण फाउण्डेशनबाट सहयोग पाउने आशा रहेको वडा अध्यक्ष अतिउल्लाह खाँले बताउनु भयो । उपकारण हस्तन्त्रण कार्यक्रममा थर्ड एलायन्सका उप प्रादेशीक कार्यालय नेपालगंजका प्रमुख आलम खान,स्वास्थ्य चौकीका अनमी,स्वास्थ्यकर्मीह्रुको सहभागिता रहेको थियो ।

  • १३ भाद्र २०७५, बुधबार १४:५१ प्रकाशित
  • Nabintech