२२ बैशाख २०८१, शनिबार
मन्त्री पौडेलका पिताको अन्तिम संस्कार सम्पन्न
  • काँचुली खबर

५ नम्बर प्रदेशकी कृषि, भूमि व्यवस्था तथा सहकारि मन्त्री आरती पौडेललाई पृत्रीशोक परेको छ । घाँटीको क्यान्सरबाट ग्रसीत मन्त्री पौडेलका पिता बाबुराम पौडेलको भारतको लखनउमा उपचारका क्रममा मृत्यु भएको छ ।
विगत लामो समयदेखि उपचार गराउँदै आएका पौडेलको थप उपचारकालागि भारतको लखनउ पुर्याईएको थियो । लखनउस्थित अस्पतालमा उपचार गराईरहेका स्व. पौडेलको ७२ वर्षको उमेरमा आईतबार राती  ११ बजे मृत्यु भएको परिवार स्रोतले जानकारी दिएको छ ।
स्वर्गिय पौडेलको सोमबार बाँकेको अगैयास्थित आर्यघाटमा दाहसंस्कार गरिएको छ । अन्तिम संस्कार गरिनुपुर्व पौडेललाई कोहलपुर चप्परगौंडीस्थित निजि निवासमा राखेर अन्तिम श्राद्धाञ्जली अर्पण गरिएको थियो ।

  • ११ भाद्र २०७५, सोमबार २०:४५ प्रकाशित
  • Nabintech