६ जेष्ठ २०८१, आईतवार
पाप र गरिब हटाउने तरिका !
  • काँचुली खबर

आचार्य चाणक्यले आफ्नो नीति ग्रन्थको तेस्रो अध्यायको एघारौं श्लोकमा पाप, गरिबी, झगडा र भय हटाउने तरिका बताएका छन् । उनका अनुसार मौन बस्दा झगडा समाप्त हुने बताएका छन् । अर्थात् यदि कसैले तपाईंलाई केही भने चुप बस्नु नै उचित हुनेछ । चुप बसेर सुन्नुहोस् र त्यसअनुसार आफ्नो काम गर्नुहोस् । चुप बस्दा झगडा हुँदैन र मानिसहरुलाई तपाईंको मनमा के छ, त्यो थाहा हुँदैन । यसका साथै चाणक्यले सधैं सजग रहँदा मनमा कुनै पनि प्रकारको डर रहँदैन ।

चाणक्य नीतिको श्लोकः

उद्योगे नास्ति दारिद्रयं जपतो नास्ति पातकम् ।

मौनन कलहो नास्ति जागृतस्य च न भयम् ।।

गरिबी र पाप नष्ट गर्ने तरिकाः

आचार्य चाणक्यले भनेझैं गर्दा दरिद्रता रहँदैन अर्थात् लगातार सही दिशामा कोशिश गरिरहँदा विद्या र सुख प्राप्त हुन्छ र विद्याबाट धन प्राप्त हुन्छ । यसले गरिबी हटाउँछ । यसका साथै चाणक्यका अनुसार लगातार मन्त्र जप वा पूजा गरिराख्दा दिमाग र मन निर्मल हुन्छ । यसले प्रायश्चित पनि गराउँछ जसले हरेक प्रकारको पाप नष्ट गर्छ ।

  • १० भाद्र २०७५, आईतवार २१:२० प्रकाशित
  • Nabintech