सन्दीपकालागी विश्वकपको ढोका खुल्यो, क्यानको बैठक बस्दै
  • काँचुली खबर

२ बैशाख, काठमाडौँ । बलात्कारसम्बन्धी मुद्दामा क्रिकेटर सन्दीप लामिछानेले सफाइ पाएसँगै उनलाई टोलीमा समावेश गर्नेबारे नेपाल क्रिकेट संघ (क्यान) ले निर्णय गर्ने तयारी गरेको छ । संघले आज नै बोर्डको बैठक बसेर सन्दीपलाई टी-२० विश्वकप खेल्ने टोलीमा समावेश गर्नेरनगराउने विषयमा निर्णय गर्ने बताएको हो ।

संघका केन्द्रीय सदस्य दुर्गा पाठकले भने, ‘यो विषय हाम्रो प्राथमिकतामा नै थियो । हामी आज नै बोर्ड बैठक राख्छौँ । साँझसम्म यसबारे निर्णय गर्छौँ ।’

  • २ जेष्ठ २०८१, बुधबार १७:३३ प्रकाशित
  • Nabintech