क्यानद्धारा सन्दीपको निलम्बन फुकुवा
  • काँचुली खबर

२ जेठ, काठमाडौँ । बलात्कार मुद्दामा सफाइ पाएसँगै क्रिकेटर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले निलम्बन फुकुवा गरेको छ । बुधबार क्यानले लामिछानेको निलम्बन फुकुवा गरी राष्ट्रिय क्रिकेट टोलीमा समावेश गरेको हो ।

यसअघि बुधबार नै उच्च अदालत पाटनले लामिछानेलाई सफाइ दिएको थियो ।

‘सम्मानित उच्च अदालत पाटनको मिति २०८० जेठ २ को फैसला बमोजिम नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा निर्दोष रहेको भनी फैसला आएको हुँदा सन्दीप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन फुकुवा गरिएको जानकारी गराउँदछौँ,’ क्यानले निर्णयमा भनेको छ ।

  • २ जेष्ठ २०८१, बुधबार १९:११ प्रकाशित
  • Nabintech