२३ बैशाख २०८१, आईतवार
कञ्चनपुर कर्फ्यूको नयाँ तालिका सार्वजनिक
  • काँचुली खबर

भिमदत्त नगरपालिका वडा नम्बर २ उल्टाखामकी निर्मला पन्तको हत्यापछि भड्किएको प्रदर्शन हिंसात्मक भएसँगै लागेको कर्फ्यू आइतबारदेखि खुकुलो पारिएको छ ।

कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नम्बर ४, ६ र १८ मा शुक्रबार साँझ ८ बजेदेखि कर्फ्यू लगाईएको थियो । आइतबार साँझ ६ बजे देखि राती १० बजेसम्मका लागि कर्फ्यू हटाईने जिल्ला प्रशासन कार्याललयले जनाएको छ । प्रशासनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आइतबार साँझ ६ देखि १० बजेसम्म र सोमबार बिहान ५ बजेदेखि १२ बजेसम्मका लागि कर्फ्यू हटाइने छ ।

आइतबार राति १० बजेदेखि सोमबार बिहान ५ बजेसम्मका लागि अर्को आदेश नभएसम्म कर्फ्यू जारी रहनेछ । सोमबार १२ बजेदेखि पछाडि अर्को आदेश नभएसम्मका लागि कर्फ्यू जारी नै रहने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ । आइतबार रक्षा बन्धनको अवसरपारी कर्फ्यू बिहान ५ घण्टा हटाइएको थियो ।

 

स्रोत : जनता समाचार

  • १० भाद्र २०७५, आईतवार १९:०२ प्रकाशित
  • Nabintech