६ जेष्ठ २०८१, आईतवार
बाँके स्कुल आईडलको तेस्रो राउण्डको अडिसन सम्पन्न
  • काँचुली खबर

बाँके स्कुल आईडल-२०७५ को तेस्रो अडिसन राउण्ड शनिबार सम्पन्न भएको छ । शनिबार बाँकेको नेपालगन्जस्थित बाटिका होटलमा भएको अडिसन राउण्डबाट जिल्लाका १२ वटा विद्यालय सेमिफाइनल राउण्ड कालागि छनोट भएका छन । दोस्रो राउण्डबाट छनौट हुन सफल १४ वटा विद्यालयहरुबिच शनिबार तेस्रो चरणको अडिसन गरिएको थियो ।
‘कला र संस्कृति राष्ट्रको पहिचान’ भन्ने मुल नाराकासाथ मिडिया ल्याब प्रोडक्सन प्रा.लि. ले पहिलो पटक बाँके स्कुल आइडल–२०७५ प्रतियोगिता संचालन गरेको हो ।
प्रतियोगिता आयोजक संस्था मिडिया ल्याब प्रोडक्सन प्रा.लि. का अध्यक्ष भरत महतोले एसएमएस भोटिङ र निर्णायक दुबैको नम्बरका आधारमा सेमीफाइनल राउण्डकालागि प्रतिस्प्रधीहरु छनोट गरिएको जानकारी दिए । महतोले ४० प्रतिशत निर्णायक र ६० प्रतिशत एसएमएस भोटिङका आधारमा अघिल्लो चरणकालागि प्रतिस्प्रधीहरु छनोट गरिएको जानकारी दिएका छन ।
शनिबार सम्पन्न तेस्रो अडिसनबाट दुई वटा विद्यालय बाहिरिएका छन । १४ वटा विद्यालयले प्रतिस्पर्धा गरेकोमा २ वटा विद्यालय बाहिरिएका छन भने १२ वटा विद्यालय आगामी अडिसनकालागि छनौट भएका छन । तेस्रो चरणकालागि सम्पन्न प्रतिस्पर्धामा अर्जुन बिसी, के.वि. शाही र सुवेक्षा नेपालले निर्णायकको भुमिका निर्वाह गरेका थिए भने केशवराज शर्माले कार्यक्रम संचालन गरका थिए । प्रतियोगिता अन्तर्गत सेमिफाईनल राउण्डकालागि आगामी भाद्र १६ गते प्रतिस्प्रर्धा हुने भएको छ ।
बाँकेमा पहिलो पटक संचालन गरिएको उक्त प्रतियोगितामा प्रथम हुनेले १ लाख १ हजार नगद पुरस्कार प्राप्त गर्ने छ भने द्धितिय र तृतिय हुन सफल प्रतिस्प्रधी वा विद्यालयलाई क्रमशः ७१ र ५१ हजार सहित ट्रफि प्रदान गरिने आयोजकले जनाएको छ ।

  • ९ भाद्र २०७५, शनिबार २२:३२ प्रकाशित
  • Nabintech