२३ बैशाख २०८१, आईतवार
मुद्रण संघ बाँकेको अध्यक्षमा गैरे निर्वाचित
  • काँचुली खबर

नेपाल मुद्रण उद्योग महासंघ बाँके शाखाको अध्यक्षमा चण्डी प्रसाद गैरे निर्वाचित भएका छन । शनिबार सम्पन्न शाखाको तेस्रो जिल्ला अधिवेशनबाट गैरेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।
जसको वरिष्ठ उपाध्यक्षमा अन्तरिक्ष देवकोटा, उपाध्यक्षमा शंकर शरण वर्णवाल, सचिवमा विधान न्यौपाने, सह-सचिवमा चन्द्रेश्वर त्रिपाठी र कोषाध्यक्षमा राम बहादुर शाही निर्वाचन भएका हुन ।
त्यसैगरी सदस्यहरुमा आशिष श्रेष्ठ, माधवराज थापा, शुभाष ठटेर, मिना ढकाल र प्रदिप बुढा चयन भएको नेपाल मुद्रण उद्योग महासंघ बाँकेको शाखाका निवर्तमान अध्यक्ष तपेन्द्र बिक्रम शाहाले जानकारी दिए ।
अध्यक्षमा निर्वाचन गैरेले कोहलपुर नगरपालिका–११ स्थित न्यूरोडमा गैरे अफसेट प्रेस संचालन गर्दै आएकका छन ।
निर्वाचित नव कार्यसमितिलाई हाम्रो पनि बधाई ।

  • ९ भाद्र २०७५, शनिबार २०:१२ प्रकाशित
  • Nabintech