२२ बैशाख २०८१, शनिबार
प्रदेश सांसदद्वारा संघीय मन्त्रीलाई मागपत्र पेश
  • काँचुली खबर

५ नम्बर प्रदेशकी सांसद नमुना केसीले आज नेपालगन्जमा संघीय सरकारका शहरी बिकास मन्त्री मोहम्मद ईस्तियाक राई समक्ष आफ्नो निर्बाचन क्षेत्रका विभिन्न समस्याहरुको समाधानका बारेमा मागपत्र पेश गरेकी छिन ।
राप्ती सोनारी गापा ६ मा १५ शैयाको अस्पताल भवन निर्माण, जनता आवास कार्यक्रम अन्तर्गतको एकीकृत बस्ती ब्यबस्थित तरीकाले बिकास, ने. रा. मा. बि. सरीृ देखि लालपुर हुँदै नरैनापुर जोड्ने सडकको कालोपत्रे, राप्ती नदीको कटान, डुबानको समस्या समाधान लगाएतका मागहरुका बारेको माग पत्र पेश गरेकी हुन ।
मागपत्र पेश गर्दै सांसद नमुनाले राप्ती पारीको क्षेत्र बाके सुगम जिल्ला भएर पनि बिकासको कारणले गर्दा अति दुर्गम भएको हुनाले आफुले राप्ती पारीको क्षेत्रलाई राज्यको मुलधारमा जोड्न खोजेको मुल उद्देश्य रहेको बताइन ।

,
आफ्ना क्षेत्रका यी समस्याहरुको समाधान र केन्द्रमा कुरा उठाई पहल गरीदिन मन्त्री राईलाई उनले अनुरोध गरीन ।
मागपत्र बुझ्दै मन्त्री राईले राप्ती पारी पनि आफ्नै जिल्ला भएको नाताले आफुले यी समस्याका बारेमा केन्द्रमा कुरा पनि उठाउने र समाधानका लागि पहल गर्ने आश्वासन दिए ।
मुश्लिमहरुको पर्व ईद मनाउन नेपालगन्ज आएका मन्त्री राईलाई उनकै निबासमा पुगेर सांसद नमुनाले मागपत्र पेश गरेकी हुन ।

  • ९ भाद्र २०७५, शनिबार १२:२३ प्रकाशित
  • Nabintech