२३ बैशाख २०८१, आईतवार
कञ्चनपुर हत्या काण्ड :
  • काँचुली खबर

कञ्चनपुरमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १७ बर्षिय चेतन भट्ट र १४ बर्षिय शनी खुना रहेका छन् ।
१३ वर्षीया किशोरीको बलात्कारपछि हत्या घटनामा संलग्न दोषीलाई कारबाहीको माग गर्दै कञ्चनपुरको भीमदत्त नगरपालिकामा आन्दोलनमा उत्रिएकाहरुमाथि प्रहरीले गोली चलाउँदा २ जनाको मृत्यु भएको हो भने १० जना भन्दा बढी घाइते भएका छन् । शुक्रबार दिउँसो जिल्ला प्रशासन कार्यालय कञ्चनपुर अगाडि प्रदर्शन गरिरहेका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएको थियो ।

कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा प्रहरीले नै दोषी उम्काउन खोजेको भन्दै प्रशासन कार्यालय अगाडि प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले हवाइ फायर र गोली चलाएको थियो। घाइतेहरुको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये ४ जना सख्त छन्।

  • ८ भाद्र २०७५, शुक्रबार १९:१० प्रकाशित
  • Nabintech