२३ बैशाख २०८१, आईतवार
योगा प्रशिक्षक तालिम संचालन गरिने
  • काँचुली खबर

बाँकेको कोहलपुरमा यहि भदौ ९ गतेदेखि १५ दिने योगा प्रशिक्षक तालिम संचालन हुने भएको छ । पतञ्जली योग समिति कोहलपुरको आयोजनामा १५ दिने योगा प्रशिक्षक तालिम संचालन गर्न लागिएको पतञ्जली योगा समिति बाँकेका उपाध्यक्ष नम प्रसाद शर्माले जानकारी दिए ।
योगाबाट जस्तो सुकै शारिरिक तथा मानसिक समस्या समाधान गर्न सकिने बताउँदै शर्माले कोहलपुर नगरभित्रका १५ वटै वडामा प्रशिक्षक उत्पादन गर्ने हेतुले तालिमको आयोजना गर्न लागिएको बताए ।
तालिममा योग व्यायमका साथै योगाबाट गरिने उपचार पद्धतीका बारेमा समेत प्रशिक्षण दिईने पतञ्जली योग समिति ५ नं. प्रदेशकी सदस्य शिता पौडेलले बताईन । मानसिक शान्तीकालागि योगा निकै महत्वपूर्ण माध्यम भएको बताउँदै पौडेलले नगरभित्रका सबै नागरिकहरुलाई योगाप्रति जागरुक बनाउने अभियान अन्तर्गत संचालन गर्न लागिएको योगा प्रशिक्षक तालिममा सहभागी भई लाभ उठाउन आग्रह गरिन ।

  • ७ भाद्र २०७५, बिहीबार २२:१४ प्रकाशित
  • Nabintech