५ जेष्ठ २०८१, शनिबार
गुटबन्दी समाप्त गर्नुपर्छ : नेपाली काँग्रेस महामन्त्री कोइराला
  • काँचुली खबर

नेपाली कांग्रेसका महामन्त्री डा। सशांक कोइरालाले पार्टी एक ढिक्का हुन नसकेको स्विकार्दै अब पनि मिलेर अघि नबढे लोकतन्त्र नै खतरामा पर्ने जिकिर गरे । ‘नेपाली काँग्रेसको काँधमा ठूलो जिम्मेवारी छ, अब पनि हामी तेरो र मेरो भनेर अघि बढ्यौं, एक ढिक्का भएनौं भने नेपाली काँग्रेस र मुलुक नै धराशायी हुने अवस्था सृजना हुन्छ ।’
नेपाल प्रेस युनियन बाँकेले बुधबार  नेपालगञ्जमा गरेको पत्रकार सम्मेलनमा महामन्त्री डा। कोइरालाले कुनै ठोस खाका, योजना र भिजनविना सरकार अघि बढेको आरोप लगाउदै भने, ‘यो सरकारमा रहेका पार्टीहरुलाई भोट दिने भोटर पनि सरकारको कार्यशैली र गैर जिम्मेवारपन देखेर आजित भइसके । ’ ‘ठल्ठूला सपना मात्र बाँड्ने काम भयो, जनताका पिर मर्कामा सरकार जति गम्भीर बन्नुपथ्र्यो, त्यो पटक्कै भएन ।ु कोईरालाले थपे ।

महामन्त्री डा। कोइरालाले लोकतन्त्र, राजनीतिक स्थिरता र समृद्धिकालागि काँग्रेस बलियो हुनुको विकल्प नरहेको बताए । धर्म निरपेक्षताका विषयमा गरिएको प्रश्नमा उनले जनमत संग्रहबाट समस्या समाधान गर्नुपर्ने बताउदै जनमत संग्रहमा राजनैतिक नगरि जनतालाई नै निर्णय गर्नु दिनु पर्ने बताए । महामन्त्री कोइरालाले दुई तिहाईको सरकार गठनसँगै मुलुकमा व्याप्त मंहगी आकाशेको बेला जथाभाबि कर लागाएर जनतालाई दुख दिएको बताउँदै लोकतन्त्रको स्तम्भका रुपमा रहेको प्रेसमाथी अंकुश लगाउने तयारी गरिहेको बर्तमान सरकारले सपना पुरा हुन नदिने बताउदै प्रेसले निश्पक्ष, भयरहित सत्य तथ्य समाचार जनता बिच ल्याउने काम गर्नु पर्ने बताए ।
नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष जय नारायण शाहको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा प्रमुख सचेतक बालकृष्ण खाँड, बर्दियाका संघीय सांसद् सञ्जय गौतम, प्रदेश ५ का सांसद सुरेन्द्र हमाल लगाएतको उपस्थिति थियो ।

  • ६ भाद्र २०७५, बुधबार १४:४७ प्रकाशित
  • Nabintech