७ जेष्ठ २०८१, सोमबार
नेपालमा पुस्तकको ‘आत्मा’ खोज्दै लेखक गुरुङ
  • काँचुली खबर

हङकङलाई कर्मथलो बनाएका लेखक टीम.आई. गुरुङले ब्रिटिश गोर्खासम्बन्धी एक पुस्तकको मस्यौदा तयार गरिसकेका छन् । छ मुलुकको भ्रमण र दुई वर्षको निरन्तर अध्ययनपछि लेखकले सो मस्यौदा तयार गरेका हुन् ।

मस्यौदालाई पुस्तकको ‘शरीर’को संज्ञा दिएका लेखक गुरुङले कृतिको आत्मा खोज्न नेपाल आएको बताए । धरानमा आज आयोजित “स्रष्टासँग संवाद” कार्यक्रममा बोल्दै स्रष्टा गुरुङले यस्तो विचार व्यक्त गरेका हुन् । पुस्तकको ‘आत्मा’ बृटिश गोर्खाजका “लिभिङ हिरोज्” अर्थात् जिउँदा नायकहरुसँग रहेकाले गुरुङले नेपालको सुदुर पूर्व पशुपतिनगरदेखि पश्चिम कञ्चनपुरसम्मको यात्राराम्भ गरेका छन् ।

यस क्रममा लेखकले दोस्रो विश्वयुद्ध लडेका र वर्षौ बृटिश सैन्यमा सेवारत पूर्व सैनिकहरुसँग संवाद गर्नेछन् ।

एक महिने यात्राका क्रममा स्रष्टा लेखकले इलाम, सुनसरी, धनकुटा, तेह्रथुम, सिन्धुली, गोर्खा, लमजुङ, स्याङ्जा, कास्की, म्याग्दी, रुपन्देहीलगायत पूर्वी नेपालदेखि सुदुर पश्चिमसम्म भ्रमण गर्नेछन् । अनुसन्धान यात्राका क्रममा लेखक गुरुङले धरान, काठमाडौं र पोखरामा संचारकर्मीहरुसँग संवाद कार्यक्रम आयोजना गर्नेछन् ।

हालसम्ममा लेखकका चौध कृति अंग्रेजीमा प्रकाशित छन् । कार्यक्रममा गुरुङले बृटिश गोर्खाजसम्बन्धी नयाँ पुस्तक सन् २०१९ को अन्त्यतिर प्रकाशन हुने जानकारीसमेत गराए । गुरुङ हङकङस्थित एशिया टाइम्सका निम्ति नियमित लेखरचना लेख्छन् ।

 

साभार : तमु खबर

  • ५ भाद्र २०७५, मंगलवार २१:१२ प्रकाशित
  • Nabintech