महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका कार्यबाहक सभापति चन्द्र प्रकाश देवकोटालाई भेट गर्न नेपाली काँग्रेसका महामन्त्री शशांक कोईराला मंगलबार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा आएका छन।
मंगलबार स्थानीय नेपालगन्ज हेल्थ क्याम्पस नेपालगन्जमा लगाईएको ताला खोल्न सहमति खोज्न भनि छलफलका लागि बोलाएर उक्त स्कुलका संस्थापक तथा पूर्व सभाषद मैकुलाल बाल्मिकी लगाएतले नेवि संघका प्रदेश नं ५ का सिटीभिटी संयोजक सुरज थापा र महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका कार्यवाहक सभापति देवकोटालाई घाइते हुने गरी कुटपिट गरेका थिए । पार्टिको काममा बाँके आएका महामन्त्री कोइरालाले बुधबार बेलुका ६ बजे घाईते देवकोटालाई भेट्न अस्पताल पुगेका हुन । महामन्त्री कोईरालासँगै काँग्रेस बाँके जिल्ला सभापति किरण कोइराला लगायतका नेता तथा कार्यकर्ताहरु पनि अस्पताल पुगेका थिए ।
महामन्त्री कोइराला लाई नेवि संघका प्रदेश नं ५ का सदस्य चेतनारायण शर्माले घटनाको बारेमा जानकारी दिए । घटनाको दोषीलाई कानुनी कारबाहीकालागि जिल्ला प्रहरी कार्यालय बाँकेमा निवेदन दिएको घाइते देवकोटाले जानकारी दिए ।
५ भाद्र २०७५, मंगलवार २०:५६ प्रकाशित