२२ बैशाख २०८१, शनिबार
पत्रकारको भेषमा अराजक हर्कत गर्नेलाई स्थानियले लखटे
  • काँचुली खबर

पत्रकारको नाममा आतङ्क फैलाउँदै आएका नेपालगन्जका एक ब्यक्तिलाई स्थानियहरुले लखटेका छन । नेपालगन्ज भन्सार कार्यालयमा पत्रकार भन्दै नियमित धम्क्याउँदै आएका उदयसिंह श्रेष्ठलाई सोमबार चौलिक्काका स्थानियहरुले लखटेका हुन ।
नेपालगन्ज भन्सार कार्यालयमा नियमित ड्युटि दिदै आएका श्रेष्ठले पत्रकारको परिचय दिदै सिमा नाकामा आउजाउ गर्ने ब्यक्तिहरुलाई दुःख दिदै आएका थिए । चेकजाँचकालागि खटिएका प्रहरीलाई समेत धम्क्याउँदै आएका श्रेष्ठले सडकमै प्रेस लेखेको गाडी राखेर अनावश्यक निगरानी गर्ने गरेको स्रोतले जनाएको छ ।
सधैंजसो सोमबार पनि सिमानाका चौलिक्का पुगेका श्रेष्ठले अनलाईन लाईभ गर्ने भन्दै स्थानियहरुको झोला खोतन्न थालेपछि स्थानियहरु आक्रोशित भएका थिए । पत्रकारको भेषमा अनावश्यक दुःख दिएको र घरायसी प्रयोजनकालागि ल्याएका सामानहरु समेत नियन्त्रणमा लिन थालेपछि स्थानियहरुले त्यसको प्रतिकार गरेका थिए । त्यसलगत्तै उनिहरुले श्रेष्ठ र श्रेष्ठको साथमा रहेकी लक्ष्मी चौधरीलाई त्यहाँबाट लखटेका थिए । आक्रोशित स्थानियहरुले घेराबन्दी गर्न थालेपछि प्रहरीको शरणमा पुगेका श्रेष्ठलाई सकुशल जिल्ला प्रहरी कार्यालय ल्याईएको थियो । श्रेष्ठका बारेमा बिगतदेखि नै बिभिन्न खाले गुनासो सुनिएको बताउँदै प्रहरी स्रोतले उनिबारे आवश्यक छानविन प्रक्रिया अगाडी बढाईएको बताएको छ ।
श्रेष्ठ नेपाल पत्रकार महासंघ बाँके शाखाबाट निलम्बीत सदस्य हुन ।
यसैबिच नेपालगन्ज भन्सार परिसरमा अनलाईन पत्रकारको भेषमा अनैतिक क्रियाकलाप गरेको घटनाप्रति अनलाईन पत्रकार एशोसिएसन नेपाल नेपालगन्ज शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । घटनालगत्तै एक विज्ञप्ती सार्वजनिक गर्दै शाखा संयोजक रुद्र सुवेदीले अनलाईन पत्रकारको आवरणमा रहेर पत्रकार आचार संहिता बिपरित काम गर्ने श्रेष्ठका कारण अनलाईनकर्मीहरुलाई भन्सार क्षेत्रमा रिपोर्टिङ गर्न अशुरक्षित महशुस गरेको बताएका छन । गलत क्रियाकलापमा सहभागी श्रेष्ठ र चौधरीलाई सम्बन्धित निकायले समयमै सचेत गराउँदै अन्य संचारकर्मीहरुलाई रिर्पोटिङकालागि सहज वातावरण बनाउन समेत विज्ञप्ती मार्फत माग गरिएको छ ।

  • ४ भाद्र २०७५, सोमबार १८:०८ प्रकाशित
  • Nabintech