५ जेष्ठ २०८१, शनिबार
क्याम्पस संचालकद्धारा नेवि संघ बाँकेका नेता कुटीए
  • काँचुली खबर

नेवि संघ महेन्द्र बहुमुखी क्याम्पसका कार्यबहाक ईकाई सभापती चन्द्र प्रकाश देवकोटा कुटिएका छन । नेपालगन्ज हेल्थ क्याम्पसका संचालक मैकुलाल वाल्मिकीले आफ्नै कार्यकक्षमा देवकोटालाई हातपात गरेका हुन ।
नेपालगन्ज हेल्थ क्याम्पसका विद्यार्थी राजेन्द्र बडुवाललाई क्याम्पसले बार्षिक परिक्षाबाट वञ्चित गराएको भन्दै नेवि संघ निकट विद्यार्थीहरुले आन्दोलन गर्दै आएका थिए । त्यही विषयमा वार्ता गर्ने भन्दै सोमबार क्याम्पसका डाईरेक्टर मैकुलाल बाल्मिकीले देबकोटा र नेवि संघ CTEVT का केन्द्रिय उपाध्यक्ष तथा ५ नम्बर प्रदेश संयोजक सुरज थापालाई क्याम्पसमा बोलाएका थिए ।
देवकोटाका अनुसार वार्ताकालागि क्याम्पस पुगेका उनीहरुलाई वाल्मिकीले हातपात गरेको र त्यसपछि १०-१२ जनाको सँख्यामा रहेका युवाहरुले कुटपिट गरेका थिए । कुटपिटबाट देवकोटा गम्भीर घाईते भएका छन । हाल उनको नेपालगन्ज शिक्षण अस्पतालमा उपचार भईरहेको छ ।

घटनाको कारण यस्तो छ
विद्यार्थी राजेन्द्र बडुवाललाई नेपालगंज हेल्थ क्याम्पसले वार्षिक परिक्षाबाट बञ्चित गराएको भन्दै मैकुलाल वाल्मिकी संञ्चालक रहेको नेपालगंज हेल्थ क्याम्पस प्रशासन र नेविसंघ बिचको विवाद चुलिएको हो ।
अछाम घर भई ल्याव असिसटेन्टमा २०७३ असोजमा भर्ना भएर अध्ययन गरिरहेको तर क्याम्पसले ब्यक्तिगत रिसइबी र पूर्वाग्रही ढंगले परिक्षा फर्म भर्न नदिई बिना कारण बार्षिक परिक्षाबाट वञ्चित गराएको नेवि संघको आरोप छ । सोही विषयलाई लिएर क्याम्पसमा ४ दिनदेखी ताला लगाइए पनि क्याम्पस प्रशासनले आफुहरुको माग प्रति वेवास्ता गरेको भन्दै आईतबार प्रेस बिज्ञप्ती सार्वजनिक गरेको हो ।
विज्ञप्ती सार्वजनिक भएलगत्तै वार्ताको लागी क्याम्पस प्रशासनले विद्यार्थी नेताहरुलाई बोलाएको थियो । वार्ताकालागि क्याम्पस पुगेका देवकोटालाई हातपात गरेका हुन ।

  • ४ भाद्र २०७५, सोमबार १५:५५ प्रकाशित
  • Nabintech