६ जेष्ठ २०८१, आईतवार
पेशागत संगठनहरुको नगर कमिटि गठन
  • काँचुली खबर

अखिल नेपाल ट्रेड युनियन महासंघका पेशागत संगठनहरुको नगर कमिटि स्तरिय समितिहरु गठन गरिएको छ ।
आईतबार कोहलपुरमा आयोजित एक कार्यक्रमका बिच पदम वि.क. को नेतृत्वमा ११ सदस्यीय अखिल नेपाल यातायात मजदुर संघ, कोहलपुर नगर कमिटि गठन गरिएको छ ।
त्यसैगरी कमारो दमाईको अध्यक्षतामा २१ सदस्यीय अखिल नेपाल सिलाई कटाई मजदुर संघ, कोहलपुर नगर कमिटि गठन गरिएको छ । अखिल ट्रेड युनियन महासंघका केन्द्रिय सदस्य हेमन्त जैसीको प्रमुख उपस्थितीमा आयोजित कार्यक्रमका बिच दमाईको अध्यक्षतामा नयाँ कमिटि गठन गरिएको हो ।
आईतबार नै गणेश नेपालीको नेतृत्वमा ११ सदस्यीय अखिल सेक्रेटरी मजदुर संघको समेत गठन गरिएको छ । उक्त कार्यक्रममा अखिल ट्रेड युनियन महासंघ बाँके शाखाका अध्यक्ष बसन्त मल्ल र सचिव राज कुमार वि.सी. समेत सहभागी भएका थिए ।
अखिल ट्रेड युनियन महासंघ कोहलपुर शाखाका अध्यक्ष शेरबहादुर बुढाको सभापतीत्वमा सम्पन्न कार्यक्रमको संचालन महासंघका सचिव दिलिप सोनीले गरेका थिए ।

  • ३ भाद्र २०७५, आईतवार २३:३६ प्रकाशित
  • Nabintech