६ जेष्ठ २०८१, आईतवार
बाँके स्कुल आईडलको दास्रो राउण्डको अडिसन सम्पन्न
  • काँचुली खबर

बाँके स्कुल आईडल-२०७५ को दोस्रो अडिसन राउण्ड शनिबार सम्पन्न भएको छ । शनिबार बाँकेको नेपालगन्जस्थित बाटिका होटलमा भएको अडिसन राउण्डबाट जिल्लाका १४ वटा बिद्यालय अर्को चरणकालागि छनोट भएका छन । पहिलो राउण्डबाट छनौट हुन सफल १६ वटा विद्यालयहरुबिच शनिबार दोस्रो चरणको अडिसन गरिएको थियो ।
‘कला र संस्कृति राष्ट्रको पहिचान’ भन्ने मुल नाराकासाथ मिडिया ल्याब प्रोडक्सन प्रा.लि. ले पहिलो पटक बाँके स्कुल आइडल-२०७५ प्रतियोगिता संचालन गरेको हो । दोस्रो चरणको अडिसन चरणबाट छनौट हुन सफल सहभागीहरुले आगामी भाद्र ९ गते हुने तेस्रो चरणको अडिसनमा सहभागीता जनाउन पाउने भएका छन ।
प्रतियोगिता आयोजक संस्था मिडिया ल्याब प्रोडक्सन प्रा.लि. का अध्यक्ष भरत महतोले दोस्रो चरणमा छनौट हुन सफल प्रतिस्प्रधिहरुलाई एसएमएस भोटिङका आधारमा अर्को चरणकालागि छनोट गरिने जानकारी दिए । महतोले ४० प्रतिशत निर्णायक र ६० प्रतिशत एसएमएस भोटिङका आधारमा अघिल्लो चरणकालागि प्रतिस्प्रधीहरु छनोट गरिने जानकारी दिए । महतोले शनिबारबाटै एसएमएस भोटिङ लाईन खुल्ला भएको बताए ।

०१ देखि ०१६ कोडमा छुट्याईएका प्रतिस्प्रधीहरुलाई मोबाईल प्रयोगकर्ताहरुले एक मोबाईलबाट १० पटकसम्म भोटिङ गर्न सक्ने आयोजकले जनाएको छ । भोटिङकालागि BSI-०१ देखि ०१६ मध्ये कुनै एउटा अङ्क टाईप गरेर ३५००५ मा पठाउन सकिने छ । यसरी पठाईएको भोटिङको आधारमा आगामी दिनमा आयोजना गरिने अडिसनबाट सबैभन्दा बढि भोट प्राप्त गर्ने प्रतिस्प्रधीलाई छनोट गरिने आयोजक संस्था मिडिया ल्याब प्रोडक्सन प्रा.लि. का अध्यक्ष भरत महतोले जानकारी दिए ।
शनिबार सम्पन्न दास्रो अडिसनबाट दुई वटा विद्यालय बाहिरिएका छन । १६ वटा विद्यालयले प्रतिस्प्रधा गरेकोमा २ वटा विद्यालय बाहिरिएका छन भने १४ वटा विद्यालय आगामी अडिसनकालागि छनौट भएका छन ।
बाँकेमा पहिलो पटक संचालन गरिएको उक्त प्रतियोगितामा प्रथम हुनेले १ लाख १ हजार नगद पुरस्कार प्राप्त गर्ने छ भने द्धितिय र तृतिय हुन सफल प्रतिस्प्रधी वा विद्यालयलाई क्रमशः ७१ र ५१ हजार सहित ट्रफि प्रदान गरिने आयोजकले जनाएको छ ।

  • २ भाद्र २०७५, शनिबार २०:१५ प्रकाशित
  • Nabintech