५ जेष्ठ २०८१, शनिबार
नेकपा बाँकेको अध्यक्षमा बम सिफारिस
  • काँचुली खबर

नेकपाका जिल्ला अध्यक्ष बाँकेमा अक्कलबहादुर बामलाई सिफारिस गरिएको छ । जिल्लाबाट सर्वसम्मत सिफारिस भएका बम माओवादी केन्द्र बाँकेका पुर्व अध्यक्ष समेत हुन । नेकपाले प्रदेश नम्बर पाँचका १२ वटै जिल्लामा अध्यक्षको नाम टुंगो लगाएको हो । १२ जिल्लामध्ये ७ ओटामा पूर्वएमाले र ५ ओटामा पूर्वमाओवादीका नेताले अध्यक्षको जिम्मेवारी पाउने भएका छन ।

पूर्वएमालेले दाङ, प्युठान, कपिलवस्तु, अर्घाखाँची, रूपन्देही, गुल्मी र पाल्पा जिल्लाको अध्यक्ष पाउने छन भने पूर्वमाओवादीबाट बाँके, बर्दिया, पूर्वी रुकुम, रोल्पा र नवलपरासीकालागि अध्यक्षको जिम्मेवारी दिईने निश्चित भएको छ। अध्यक्ष पूर्वएमालेले पाएका जिल्लामा सचिव माओवादी र माओवादीले अध्यक्ष पाएका जिल्लामा सचिव एमालेतर्फका नेताले पाएका छन्।

  • ३१ श्रावण २०७५, बिहीबार १८:१० प्रकाशित
  • Nabintech