६ जेष्ठ २०८१, आईतवार
बेहनाले पाए नेपालगन्ज उपमहानगरको निमित्त मेयरको जिम्मेवारी
  • काँचुली खबर

मेयर डा. धवल शमशेर राणाले नेपालगन्ज उपमहानगरपालिकाको निमीत्त मेयरको जिम्मेवारि सुम्पिएका छन। नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. राणा केहि समयको लागी बाहिर जाँदै गर्दा वडा नम्बर ४ का अध्यक्ष मो. सफिक बेहनालाई निमित्त मेयरको जिम्मेवारी दिइएको छ।

मेयरको अनुपस्थितिमा नगर प्रमुखको दैनिक काम कारबाहिमा असर पर्ने हुदा अध्यक्ष बेहनालाई साउन ३० गते देखि डा. राणा कार्यालयमा नआएसम्मको लागी निमित्त मेयरको जिम्मेवारी दिएको छ। नेपालगन्ज उपमहानगरपालिकामा आफुले निमित्त मेयरको जिम्मेवारी पाउदा अन्त्यन्त खुसी भएको अध्यक्ष बेहनाले बताए। साथै मेयरको अनुपस्थितिमा कार्यालयमा गर्नु पर्ने दैनिक काम कारबाहीलाई इमान्दरिताका निर्बाह गर्ने निमित्त मेयर बेहनाले बताए। अध्यक्ष मो। सफिक बेहना २०७४ सालको स्थानिय निकायको निर्बाचनमा नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर ४ को अध्यक्षमा निर्बाचित भएका थिए । नेपालगन्जको देवा फुलबारीमा बस्दै आएका अध्यक्ष बेहना बिकाश प्रेमी मात्र नभई सामाजीक सेवामा समेत अग्र पंक्तिमा रहदै आएका छन।

  • २९ श्रावण २०७५, मंगलवार २०:१७ प्रकाशित
  • Nabintech