१ जेष्ठ २०८१, मंगलवार
चोरीको मोटरसाईकल सहित नेपालगन्जबाट दुई जना पक्राउ
  • काँचुली खबर

चोरीका मोटरसाईकल सहित बाँकेमा दुई जना पक्राउ परेका छन । नेपालगंज उप-महानगरपालिका-२ स्थित थापा होटलको अगाडिबाट मोटरसाईकल चोरी गरी भाग्दै गरेको अवस्थामा बाँके प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ । सुर्खेत वस्ने दुर्ग बहादुर खत्रीको भे ७ प ९७७७ नम्बर को २२० सिसिको एभेन्जर मोटरसाईकल चोरी गर्ने कार्यमा संलग्न नेपालगन्ज उपमहानगरपालिका-१ बस्ने विश्वबन्धु थापा र सोही ठाँउका सुब्दर चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
मोटरसाईक्ल चोरी गरी कपडाले छोपेर लैजार्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी सहायक निरिक्षक बसन्त के.सी. को कमाण्डमा खटिएको प्रहरी टोलिले नेपालगन्ज-१ स्थित चन्दननाथ टोलबाट उनिहरुलाई नियन्त्रणमा लिएको थियो । थप अनुसन्धानकालागि पक्राउ परेका दुबै जनालाई जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएको छ ।

  • २९ श्रावण २०७५, मंगलवार १२:४७ प्रकाशित
  • Nabintech