२० बैशाख २०८१, बिहीबार
‘सेक्स’सँग जोडिएका नेपाली अपत्यारिला काण्डहरू
  • काँचुली खबर

‘सेक्स’ राजीखुसीमा भए चमत्कार र बलजफ्ती भए बलात्कार नै हो । नेपालको संविधानले नै यसलाई व्याख्या गरेको छ ।

अझ नयाँ कानुनले त २० बर्ष मुनीको ‘सेक्स’लाई वैधतामा बर्जितमात्र गरेको छैन, बलात्कार नै भनेको छ । नयाँ देवानी कानुनमा यस्तो उल्लेख छ । तै पनि नेपाली समाजमा ‘सेक्स’सँग जोडिएका अपत्यारिला काण्डहरू सार्वजनिक हुन भने छाडेका छैनन् ।

अपराधको चरणमा नपुगेका तर राजीखुसीमा बलजफ्तीदेखि हाडनातामा मायाप्रेमदेखि ‘सेक्स’सम्मका घटनाहरू नेपाली समाजमा देखिएका हुन् ।

शनिबार झापाको विर्तामोड प्रहरीमा एक जना पत्नीले आफ्ना पतिविरुद्ध बलात्कारको उजुरी गरिन् । प्रहरीले पतिलाई पक्राउ गरी कारबाही अगाडी बढाएको छ ।

झापाको बिर्तामोड नगरपालिकाकी २२ वर्षीय एक युवतीले आफ्नो पतिद्वारा बलात्कार भएको उजुुरी गरेकी थिइन् । ‘१०-१२ दिन हराउने र आएको बेला ‘सेक्स’का लागि दबाब दिँदै जबरजस्ती गर्छन्’, उनको उजुरीमा छ ।

रुक्मणी (नाम परिवर्तन) एकजना प्रहरीका अधिकारीसँग किर्तिपुुरमा लिभिङ टुगेदरमा थिइन् । उनीहरूबीच सहमतिमा कयन पटक ‘सेक्स’ भयो । जब ति प्रहरी अधिकारीले उनलाई छाडिदिए बलात्कारको उजुरी बोकेर गत बर्षको माघ महिनामा उनी काठमाडौं प्रहरी परिसरमा पुगिन् । उनले आफुलाई पटक–पटक बलात्कार भएको उजुरीमा उल्लेख गरेकी थिइन् ।

‘सेक्स’का लागि कुनै दायरा नसोच्ने पासविक विचारका कतिपय मान्छेहरू अहिले थुनामा पनि छन् । धनुषाको भरतपुर ५ का रामकृष्ण भन्ने रुद्रबहादुर दाहालले जन्म दिने आफ्नै आमालाई बलत्कार गरेका कारण अहिले जेलको हावा खाइरहेका छन् ।

१८ अषाढ २०७१ मा आमा बिरामी भई सुतिरहेको अवस्थामा ज्यान मार्ने धम्की दिएर आमाको बलात्कार गरेका थिए । बुबा सिरहाको बन्दीपुरमा काम गर्न गएको बेला बुवाको लागि रुद्रले खाना लिई खेतमा पुर्याई  त्यहाँ आफै पनि लेबरको काम गरि रक्सी खाई साँझ साढे ७ बजे तिर घर फर्केका थिए । उनकी आमा र सुस्त मनस्थितिका दिदी मात्र घरमा बसेका थिए ।

आमा घरमा सुतेको बेला उत्तेजित भई एक्कासी उसले आमाको सम्बेदनशिल अंग (स्तन) समाति आमाले हो-हल्ला गरेपछि लगाएको साडी जवरजस्ती फुकाली आमाको मुख छोपी मार्ने धम्की दिएर बलात्कार गरे ।

९ अषाढ २०७१ मा आमाले लगाएको साडी फरियाले मुख छोपी, आमाको कपडा खोली बलात्कार गरेका थिए । पहिलो पटक आमालाई बलात्कार गर्दा आमाले प्रहरीमा उजुरी नगरेपनि दोस्रो पटक प्रहरीको ढोका खटखटाएका थिए । १२ साउन २०७१ मा ४५ वर्षिय पीडित आमाले आफैले जन्म दिएको छोराले आफुलाई जवरजस्ती करनी गरेको भन्दै छोरा रामकृष्ण भन्ने रुद्र बहादुर दहालविरुद्ध धनुषा जिल्ला अदालतमा जवरजस्ती करनी र हाडनाता करनीको मुद्दा दायर गरेकी थिइन् ।

१५ साउन २०७१ मा न्यायाधिश कृष्ण प्रसाद पौडेलको इजलासले पक्राउ परेका रुद्रलाई मुद्दा पुर्पक्षको लागि सिन्धुली कारागार स्थित थुनामा राख्न आदेश दिएको थियो ।

धनुषाको दिगम्बरपुरमा नातामा ठुलो बुवा पर्नेले आफ्नै भतीजीलाई जवरजस्ती करनी गरेको अभियोगमा अहिले थुनामा छन् । दिगम्बरपुर वडा नं. ३ का ५० वर्षिय हरिशचन्द्र ठाकुरले १७ बैशाख २०७० मा आफ्नो भतिजीलाई बल जवरजस्ती भुइँमा लडाई निजले लगाएको समिज र सुरुवाल खोली जवरजस्ती करणी गरेको अभियोगमा २७ बैशाख २०७० मा पक्राउ परेका थिए । उनलाई करणीको महल र हाडनाता करनीको महल बमोजिम कारवाही गर्न १६ जेष्ठ २०७० मा धनुषा जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो । उनले अपराध स्वीकारेका थिए ।

हवसले अपराध निम्त्याउँछ, संगतले प्रेमराग पनि पलाउँछ । यस्तो घटना पनि नेपालमा भएको छ । ९ माघ २०७० मा भ्रमरपुरा गाविस वडा नं. २ बस्ने देवेन्द्र महतो नुनियाको छोरी हिरा कुमारी महतोको सुगा भवानीपट्टी ६ बस्ने बेचन महतो नुनियाको छोरा राजकिशोर महतोसँग विवाह भएको थियो ।

२०७१ साल बैशाखमा राजकिशोर महतो हरनियाको अपरेशन गराउन सासु रेखा देवी महतोलाई लिएर भारत विहारको मधुवनी जिल्ला स्थित मटिहानीमा उपचार गराउन गएका थिए । उपचार गराउने क्रममा सासु रेखा देवी ज्वाई राजकिशोरबीचमा माया प्रेम परेपछि दुवैजनाबीच शारीरिक सम्बन्ध समेत स्थापित भयो । २०७१ साल जेष्ठमा भ्रमरपुराबाट दुवै जना भारतको आगरामा भागी करिब २ सप्ताह होटेल र लजमा बसे ।

२०७१ साल अषाढ महिनामा तिनीहरू नेपाल आई विवाह गरेका थिए । सासुसँग विवाह गरि राजकुमारले आफ्नो घर सुगा भवानीपट्टीमा राख्न थालेपछि स्थानीयवासीहरूले समेत विरोध गरेका थिए । त्यसपछि राजकुमारको पहिलो पत्नी हिराकुमारी महतोले आफ्नै आमा र श्रीमान राजकुमार महत्तोलाई प्रतिवादी बनाई जिल्ला प्रहरी कार्यालय महोत्तरीमा मुद्दा दर्ता गराएका थिए ।

प्रहरीले ती दुवै जना सासु र ज्वाइँलाई पक्राउ गरी हाडनाता करणी र बहुविवाहको मुद्दा अदालतमा दर्ता गरेका थिए ।

उता, आफ्ना पति कहिले पनि घरमा नआएको भनी प्रहरीमा एक महिलाले उजुरी गरिन् । उजुरीमा अपहरणमा परेको पनि बताएकी थिइन् । प्रहरीले खोजी गरी पति जिम्मा लगायो । त्यसको १०-१५ दिनमा फेरि उनै महिलाले सोही प्रकारको उजुुरी गरिन् । प्रहरी दिक्क भयो ।

‘कुरा बुझ्दै जाँदा पत्नीले यौन सुख नपाएको र पति अर्की महिलासँग लागेको थाहा भयो’, प्रहरी भन्छ,‘यस्ता घटनाका उजुरी यदाकदा पर्ने गरेका छन् ।

 

स्रोत : दैनिक नेपाल

  • २९ श्रावण २०७५, मंगलवार ११:१९ प्रकाशित
  • Nabintech