२४ बैशाख २०८१, सोमबार
व्यवस्थित वधशाला निर्माणकालागि मासु व्यवसायीहरुसँग अन्तरक्रिया
  • काँचुली खबर

कोहलपुरमा आधुनिक र व्यवस्थित वधशाला निर्माण तथा सञ्चालनका लागि कोहलपुर नगरपालिकाको आयोजनामा कोहलपुरमा रहेका खसिको मासु व्यवसाय गरिरहेका व्यवसायीहरुसँग सोमबार अन्तरक्रिया कार्यक्रम गरिएको छ । हेफर इन्टरनेशनलको सहजीरणमा सो अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको कोहलपुर नगरपालिकाका प्रेस सल्लाहकार भीम रावतले जानकारी गराएका छन् ।
व्यवस्थित बधशाला निर्माण तथा सञ्चालनका लागि मास व्यवसायीहरुसँगको अन्तरक्रिया कार्यक्रममा हेफर इन्टरनेशनलका बजार विकास विज्ञ प्रकाश के।सी।ले व्यवस्थित वधशाला किन आवश्यक छ र यसमा सरकारले किन विशेष रुची राखेर ठूलो लगानी गर्न खोजिरहेको हुन्छ भन्ने विषयमा प्रकाश पारेका थिए । के.सी.ले हाल नेपालमा ८६ हजार टन वार्षिक रुपमा खसिको मासु खपत हुने तर नेपालमा रहेका सम्पूर्ण घरधुरीको ५० प्रतिशतले मात्र बाख्रा पालन व्यवसाय गर्ने र ती मध्ये पनि ९० प्रतिशत किसानले १० वटा भन्दा पनि कम बाख्रापालन गर्ने भएकाले नेपालमा माग हुने खसिको मासु बाहिरबाट आयात हुने बताए ।
के।सी।ले सरकारले किसानहरुलाई अनुदान दिएर बाख्रापालन व्यवसयलाई अभिवृद्धि गराउने र उपभोक्ताहरुलाई स्वच्छ र स्वस्थ्य मासु उपभोग गराउन व्यवस्थित वधशाला निर्माणको आवश्यकता परेको बताए । मासु व्यवसायीहरुलाई समेत मर्यादित र प्रतिष्ठित व्यवसायको रुपमा विकास गर्न पनि वधशालामै पशुको वध गरी फ्रेसहाउसबाट थोक तथा खुद्रा बिक्री वितरण गर्दा उपभोक्ताहरुले स्वच्छ र स्वस्थ्य मासु खाना पाउने बताए ।
हेफरका प्रतिनिधि डा। विवेक घिमिरेले मासु व्यवसाय गर्दा ध्यान दिनु पर्ने विषय र सो व्यवसायमा अलिकति पनि लाहपर्वाही गर्दा मानिसमा कस्ता खालका रोगहरुको संक्रमण कसरी फैलन सक्छ भन्ने बारेमा जानकारी गराएका थिए ।


छलफल तथा अन्तरक्रियामा सहभागी मासु व्यवसायीहरुले बजारमा छाला भएको मासु खाने प्रचलन भएकाले वधशालामा काट्ने मासु छाला नभएको हुने हुँदा उपभोक्ताहरुले नकिन्ने सम्भावना रहने, मासु व्यवसायीले नै खसि किनेर वधशालामा लिइ कटाउनु पर्ने हो वा वधशालामा मासु पाइने जस्ता जिज्ञाशाहरु राखेका थिए । हेफर प्रतिनिधिले खसि वधशालाले नै खरिद गरी काट्ने र स्वच्छ मासु वधशालाबाट खरिद गरी मासु व्यवसायीहरुले आ–आफ्नो फ्रेसहाउसहरुमा ल्याएर बिक्री वितरण गर्ने बताए ।
अन्तरक्रिया कार्यक्रमको अन्त्यमा कार्यक्रमका सभापति कोहलपुर नगरपालिका प्रमुख लूट बहादुर रावतले प्रदेश सरकारले बाँकेमा एउटा आधुनिक व्यवस्थित वधशाला निर्माण गर्ने योजना ल्याएको र त्यसको लागि दुई विगाह भन्दा बढी जमिन आवश्यक भएकाले त्यस्तो वधशाला कोहलपुरमा नै निर्माण गर्ने र आवश्यक पर्ने जग्जा हाल प्रयोगमा नआएको वधशाला रहेकै स्थानमा व्यवस्था गर्न सकिने अवस्था रहेकाले कोहलपुर मै वधशाला निर्माण गर्ने पहल गरिएको जानकारी गराए ।

प्रदेश सरकारले रु. १० करोड सम्म लगानी गर्न तयार रहेका् अवस्थामा स्थानीय सरकारले त्यो अवसर लिनु पर्छ भन्दै रावतले त्यसका लागि मासु व्यवसायीहरु सक्रिय हुनु पर्ने बताए । सरकार, बाख्रापालन गर्ने किसान, मासु व्यवसायी गर्ने व्यवसायीहरु तथा हेफर इन्टरनेशनल समेतको लगानी र सहभागीतामा व्यवस्थित वधशाला निर्माण र सञ्चालन सम्भव रहेको नगर प्रमुखले बताए । पशु वध तथा मासु जाँच ऐन २०५५ लाई स्थानीय सरकारले कडाइका साथ लागु गर्दा हालका अवस्थामा मासु व्यवसायहरु सञ्चालन गर्न मापदण्ड नपुग्ने भएकाले मासु व्यवसायीहरुले वधशालामा आफ्नो शेयर लगानी गरी कानूनी कारबाहीबाट बच्न स मर्यादित रुपमा आफ्नो व्यवसाय सञ्चालन गर्ने राम्रो हुने नगर प्रमसुखको सुझाव छ ।
पहिलो पटक कोहलपुरमा रहो करिब डेढ दर्जन बढी खसिको मासु व्यवसाय गर्नेहरुसँग सोमबार अन्तरक्रिया गरिएको हो । व्यवस्थित वधशाला बनाउँदा सरार, किसान र मासु व्यवसायीहरु समेतको लगानी हुने अवधारणमा आधुनिक र व्यवस्थित वधशाला निर्माण गर्न लागिएको हो । अन्तरक्रिया पश्चात कोहलपुरमा रहेका खसिको मासु व्यवसायीहरु पाँच सदस्यीय एक समिति समेत बनाइएको छ । जसमा रामकृष्ण राना अध्यक्ष , डिल्ली राम शर्मा सचिव रहो छन् भने सदस्यहरुमा शाान्तराम अधिकारी, एक बहादुर खड्का र शंकर प्रसाद नेपाल रहेका छन् । अन्य मासु व्यवसायीहरुसँग समेत छलफल तथा अन्तरक्रिया गर्दै कार्यक्रमलाई अगाडि बढाउने सहमति भएको छ ।

  • २८ श्रावण २०७५, सोमबार २२:५१ प्रकाशित
  • Nabintech