२४ बैशाख २०८१, सोमबार
स्वास्थ्यमा सहकार्यको प्रतिवद्धता
  • काँचुली खबर

स्थानीय सरकार र निजी क्षेत्रको सहकार्यले नै स्वास्थ्य सेवा सहज र प्रभावकारी हुने सम्वद्ध विज्ञले बताएका छन् । जीआईजेडको सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकाद्धारा सोमबार नेपालगञ्जमा आयोजित स्वास्थ्यमा स्थानीय सरकार र नजीक्षेत्रबीचको सहकार्य सम्वन्धी कार्यशाला गोष्ठिमा सहभागी सम्वद्ध अधिकारीले सो कुरा बताएका हुन् । स्वास्थ्यसँग सम्वद्ध सरकारी अधिकारी, जनप्रतिनीधी, निजी संस्थाका प्रमुख, चिकीत्सक, क्लीनीकका प्रमुख एवं स्वास्थ्यकर्मी सहभागी कार्यक्रममा स्वास्थ्यमा स्थानीय सरकार र नीजीक्षेत्रबीच हुन सक्ने साझेदारी र सहकार्यको पहिचान, गुणस्तरीय सेवामा एकरुपता कायम, उपमहानगरलाई मेडिकल हव बनाउन अपनाउन सकिने रणनीती लगायतका विषयमा व्यापक छलफल गरिएको छ । नगर प्रमुख डा. धवल शम्शेर राणाले नगरलाई मेडिकल हब बनाउन आवश्यक नीतीगत तथा प्राविधिक पक्षको पहिचानका लागि कार्यदल गठनमा जोड दिए । स्थानीयतहको सिफारिसमा स्वास्थ्य संस्थाले गरिव-असहायको निःशुल्क उपचार गरिदिनु पर्ने भन्दै नगरप्रमुख राणाले डाक्टरको फ्रि मा पनि एकरुपता ल्याउनु पर्ने आवश्यक्ता औल्याए । भेरी अञ्चल अष्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. प्रकाश थापाले सीमीत श्रोत साधानका बावजुद सरकारी स्वास्थ्य संस्थाले अविचलीत सेवा प्रवाह गरिरहेको भन्दै नीजी क्षेत्रसँगको सहकार्यका लागि तयार रहेको बताए । उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तोयनारायण सुवेदीले स्थानीय तह र निजी स्वास्थ्य क्षेत्रको सहकार्यले नै सेवा प्रवाह सहज र प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

उपमहानगरपालिकाका स्वास्थ्य शाखाका प्रमख केशव सुवेदीले नगरको समग्र स्वास्थ्य वस्तु स्थितीबारे प्रकाश पार्नु भएको थियो भने नेपालगञ्ज मेडिकल कलेजका वरिष्ठ अधिकृत सुन्दरजंग शाहले कलेजको सेवा प्रवाह बारे अवगत गराएका थिए ।

कार्यक्रममा प्रहरी अष्पतालका प्रमुख आशिष दत्त, स्वास्थ्यकर्मी धनराम वली, रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी लगायतले आआफनो सुझाव राखेकका थिए । समूहगत रुपमा छलफल गरिएको कार्यक्रममा सरकारी र नीजी क्षेत्रको सहकार्यलाई अझैं सशक्त र प्रभावकारी बनाउन प्रतिवद्धता पनि व्यक्त गरिएको थियो ।

  • २८ श्रावण २०७५, सोमबार २०:३४ प्रकाशित
  • Nabintech