भदौ ८, कपिलवस्तु । कपिलवस्तु प्रहरीले छुट्टाछुट्टै घटनामा १५ किलोभन्दा बढी लागुऔषध बरामद गरी छ जनालाई पक्राउ गरेको छ। प्रहरीले कृष्णनगर र चन्द्रौटाबाट ठुलो परिमाणमा चरेस र अफिमजस्तो देखिने पदार्थ बरामद गरेको हो।
कृष्णनगर नगरपालिका-२ स्थित पुरानो बसपार्कमा चेकजाँच गर्ने क्रममा भारततर्फ जाँदै गरेका पाँच जनालाई प्रहरीले पक्राउ गरेको थियो। उनीहरूको साथबाट चरेसजस्तो देखिने कालो गिलो पदार्थ पाँच किलो २२५ ग्राम र अफिमजस्तो देखिने गिलो पदार्थ १० किलो बरामद भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
पक्राउ पर्नेमा दाङको राजपुर गाउँपालिका-३ की ३४ वर्षीया रतिमा रोका, कपिलवस्तुको विजयनगर गाउँपालिका-४, ज्योतिनगरकी ४५ वर्षीया फनिसरा सारु र ५६ वर्षीया नन्सरी घर्ती मगर, पर्साको ठोरी गाउँपालिका-२ की ४८ वर्षीया चुमा लामिछाने तथा दाङको राजपुर गाउँपालिका-३ की ४३ वर्षीया विमला पुन रहेका छन । उनीहरुको साथबाट पाँच थान मोबाइलसमेत बरामद भएको प्रहरीले जनाएको छ।
यस्तै, साउन ६ गते शिवराज नगरपालिका-५, चन्द्रौटास्थित सुन्दर टोलबाट १८ वर्षीय अनुप नेपालीलाई प्रहरीले पक्राउ गरेको थियो। उनको साथबाट ५८० मिलिग्राम खैरो हिरोइनजस्तो देखिने लागुऔषध र एक थान मोबाइल बरामद भएको थियो।
पक्राउ परेका सबैमाथि लागुऔषधसम्बन्धी कसुरमा जिल्ला अदालत कपिलवस्तुबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले जानकारी दिए ।
८ भाद्र २०८३, सोमबार १४:३० प्रकाशित