कर्णाली बैङ्कका कार्यकारी अधिकृतसहित तीन जना पक्राउ
  • काँचुली खबर

२३ साउन, नेपालगन्ज । तीन अर्ब ११ करोड रुपियाँभन्दा बढीको आर्थिक हिनामिना भएको कर्णाली विकास बैङ्कका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) निरजविक्रम शाहसहित तीन जनालाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बैङ्कका तत्कालीन प्रमुख कार्यकारी अधिकृत निरजविक्रम शाह, उनकी पत्नी शुभेच्छा श्रेष्ठ तथा कर्णाली विकास बैङ्कको नेपालगन्ज शाखाकी तत्कालीन शाखा प्रबन्धक दीपा थापा रहेका छन । उनीहरूलाई नेपालगन्जबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरले जानकारी दिए ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

उनले कर्णाली विकास बैङ्कमा हिनामिना गरेको आरोपमा फरार रहेका उनीहरूलाई अदालतको पक्राउ पुर्जी अनुसार पक्राउ गरी अदालतमा पठाइएको जानकारी दिए । उक्त घोटालामा संलग्न रही फरार रहेका अन्य धेरै जनाको अझै पनि खोजी भइरहेको सूचना अधिकारी राठौरले बताए ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार कर्णाली विकास बैङ्कमा तीन अर्ब २० करोड ११ लाख रुपियाँभन्दा बढीको घोटाला गरेको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालय बाँकेले उच्च अदालत तुलसीपुरको नेपालगन्जस्थित वाणिज्य इजलासमा १०९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो।

सोही प्रकरणमा सुरुमै पक्राउ परेका बैङ्कका तत्कालीन प्रमुख कार्यकारी अधिकृत राजेन्द्रवीर रायसहित पूर्व अध्यक्ष पशुपतिदयाल मिश्र र वित्त शाखा प्रमुख वेदप्रकाशसिंह ठकुरीलाई उच्च अदालत तुलसीपुर नेपालगन्जको वाणिज्य इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। उनीहरू अझै नेपालगन्ज कारागारमा छन ।

  • २३ श्रावण २०८३, शनिबार १३:२३ प्रकाशित
  • Nabintech